नुवाकोटको सिसडोलमा प्रहरी र स्थानीवासीबीच झडप, ठूलो संख्यामा स्थानीवासी घाइते
नुवाकोट असार १४, प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ओखरपौवाको सिसडोलमा ठूलो संख्यामा स्थानीयवासी घाइते भएका छन् भने केही प्रहरी अधिकारीहरु पनि घाइते भएका छन् ।
आफुहरुको न्यूनतम माग पूरा नगरी काठमाडौंको उपत्यकाको फोहर फ्याल्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीच आज अपरान्ह झडप भएको हो । माथिको आदेशको पालना गर्न आएको भन्दै पुगेका जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली र स्थानीयबीच झडप हुँदा १५ बढी स्थानीयवासी घाइते भएका छन् भने प्रहरी तर्फ बालाजु प्रहरीका डीएसपी बालनरसिंह राणा घाइते भएका छन् । काठमाडौं र नुवाकोटबाट पुगेका प्रहरी तथा सशस्त्र प्रहरी र स्थानीयवासीबीच झण्डै डेढ घण्टा तनावपूर्ण अवस्था उत्पन्न भएको थियो ।
फोहर फ्याल्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीचको झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो भने अश्रुग्याँस समेत प्रयोग गरेको सिसडोल व्यवस्थापन संघर्ष समितिका बरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले जानकारी दिनुभयो । प्रहरीको लाठीचार्जले स्थानीय वृद्धवृद्धा समेत घाइते भएको गजुरेलले बताउनुभयो ।
झडपपछि पक्राउ परेको केहीलाई प्रहरीले नुवाकोट लगेको छ भने केहीलाई काठमाडौं ल्याएको छ ।

सिसडोलमा फोहर फ्याल्न थालेपछि १२ जना स्थानीयवासीको अनाहकमा मृत्यु भएको दावी गर्दै आएको समितिले आफुहरुको न्यूनतम मागमा पनि सरकारले ध्यान नदिएको आरोप लगाउदै आएको छ ।

समितिले सिसडोलवासी नागरिकको जीवन वीमा गरिनु पर्ने , पशुचौपायाहरुको पनि वीमा गरिनु पर्ने र बालीनालीको पनि वीमा गरिनु पर्ने माग गर्दै आएको छ । यही माग राखेर आन्दोलनमा उत्रिएका सिसडोलवासीले विगत ५ दिनदेखि सिसडोलमा फोहर फ्याल्न अवरोध पु¥याउँदै आएका थिए । तर आज स्थानीवासीको अवरोधबीच जबर्जस्ती फोहर फ्यालिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया