नुवाकोटमा लागु औषध दुरुपयोग बिरुद्धको साताव्यापि कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ असार १२ गते २:११

नुवाकोट असार १२, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्दको अन्तराष्ट्रिय साताव्यापी (असार ५ देखि असार ११ सम्म ) बुधवार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको अन्तिम बुधवार समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रशासन कार्यलय नुवाकोटको संयोजन तथा जिल्ला प्रहरी कार्यालय नुवाकोट र सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा बट्टारदेखि जिल्ला प्रशासन कार्यलय नुवाकोटको प्राङ्गणसम्म लागुऔषध दुरुपयोग बिरुद्धको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल,नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्ण पल्लीमगर, सशस्त्र प्रहरीका प्रमुख निरञ्जन भट्टराई, नागरिक समाजका अध्यक्ष वावुराम लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

यसैबिच जिल्ला प्रहरी कार्यालयको आयोजनामा मंगलबार सम्पन्न सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

“लागु औषध, सामाजिक सुरक्षा एवं मानव स्वास्थ्यमा पार्ने नकरात्मक असर र यसबाट बच्ने” शीर्षकमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा अर्किड एकेडेमिका स्पर्ष अधिकारी प्रथम भएका थिए भने पृथ्वी माविका सरला तामाङ दोस्रो र सुर्यज्योति माविकी स्वीकृती अधिकारी तेस्रो भएकी थिइन ।

Advertisement

बक्तृत्वकला प्रतियोगितामा प्रथम भएका अधिकारीलाई ५ हजार रुपैयाँ,दोस्रो भएकी तामाङलाई ३ हजार रुपैयाँ तेस्रो भएकी अधिकारीलाई २ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा कुशल बक्ताको त्रिशुली मेडिकल कलेजकी सन्तोषी तामाङ घोषित भइन । उनले पनि २ हजार रुपैयाँ हात पारिन । प्रतियोगिताको प्रथम पुरस्कारको रकम पिपलटारका समाजसेवी लिलानाथ न्यौपानेले उपलब्ध गराएका थिए ।

प्रतिक्रिया