शिवपुरीको बजेट ३९ करोड २८ लाख,उपाध्यक्षसंग मातृशिशु पोषण कार्यक्रम शुरु

विदुर खबर २०७६ असार १० गते १४:२७

नुवाकोट असार १०, शिवपुरी गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ को ३९ करोड २८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

Advertisement

पाचौं गाउँसभामा उपप्रमुख मञ्जु केशीले आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै आर्थिक बर्षको लागि ३९ करोड २८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट २ करोड १३ लाख २२ हजार रुपैयाँ, राजश्व बाँडफाँटबाट ३० लाख, प्रदेश सरकार अनुदानबाट एक, संघीय सरकारको अनुदानबाट १६ करोड ७४ लाख र जनसहभागिताबाट ५० लाख रुपैयाँ जुटाइने उपप्रमुख केशीले बताइन । बजेटका प्राथमिकताहरुमा शिक्षा,स्वास्थ्य ,खानेपानी र सरसफाईमा लगानी,पुर्वाधार कार्यक्रममार्फत रोगगारीको अवसरमा वृद्धि,पर्यटन प्रर्वद्धन र सार्वजनिक प्रशसान र सेवामा सुधारलाई राखिएको छ । कुल विनियोजन बजेट मध्ये पुँजिगत खर्चको लागि १५ करोड ३२ लाख ९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने चालु खर्च तर्फ २३ करोड ९६ लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । गौरवको योजना चिसापानी भ्यू टावरको निर्माणमा ५० लाख रुपैयाँ र वडा नम्बर ७ को वडा गौरवको योजना सडक निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको केन्द्रमा ल्याब, भिडियो एक्स–रे सुविधा सहित एमबिबिएस सहितको विशेषज्ञ डाक्टरको स्वास्थ्य सेवा उपलब्ध गराउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै उपाध्यक्षसंग मातृशिशु पोषण कार्यक्रमको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्वास्थ्य संस्थाको सुदृढीकरण र हरेक वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न बजेट बिनियोजन गरिएको छ । यस्तै स्याउरे भूमे माध्यामिक विद्यालय चर्चेको ढुङ्गे डाँडामा प्राविधिक शिक्षालय स्थापनाको लागि ३० लाख रुपैयाँ, माध्यामिक विद्यालयहरुमा सेनीटरि प्याड वितरण गर्ने स्वचालित मेशीन खरिदको लागि २ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष केशीले जानकारी दिइन ।

Advertisement

त्यस्तै व्यवसायीक रुपमा फलफुल खेती गर्नेलाई अनुदानको लागि ५ लाख, व्यवसायीक माछा पालनलाई अनुदान ५ लाख व्यवसायीक च्याउ खेती गर्नेलाई अनुदान स्वरुप ४ लाख र व्यवसायीक टनेल खेती गर्नेलाई अनुदानवापत .५ लाख विनियोजन गरिएको छ ।। यस्तै ब्यवसायिक रुपमा भैसीं, गाई, बाख्रा, लोकल कुखुरा, बंगुर, माछा पाल्ने ब्ययसायीलाई अधिकतम उत्पादनको आधारमा अनुदान दिन आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै पशु विमा कार्यक्रको लागि ५ लाख ,कृषि तथा पशुसेवा क्षेत्रको सम्भाब्यता अध्ययन तथा रणनीति निर्माणको लागि ३ लाख र बाँदरले समुदायमा पारेको हानी नोक्सानी, असरलाई नियन्त्रण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न ५ लाख विनियोजन गरिएको छ भने उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्नको लागि १ लाख रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष केशीले जानकारी दिइन ।

प्रतिक्रिया