भुकम्पले ध्वस्त नुवाकोट दरबारको पुननिर्माण शुरु (फोटो फिचर)

नुवाकोट असार ६, वि.स २०७२ सालको महाभुकम्पले भत्किएको नुवाकोटको ऐतिहासिक साततले दरबारको पुन निर्माण शुरु भएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दरवारको पुननिर्माण शुरु भएको विदुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए । दरवारको पुन निर्माण अन्र्तगत पहिलो चरणमा टेको लगाउने तथा यो वर्खाको झरीबाट बचाउने उदेश्य राखिएको छ ।
दरबारको पुननिर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय एवं पुरातत्व विभागको सुपरीवेक्षणमा अघि बढाइएको छ । चिनिया कम्पनीले नेपाली कालिगढ तथा श्रमिकहरुलाई प्राथमिकतामा राखेर परिचालन गर्ने बताइएको छ । दरबारको निर्माण चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पुनर्निर्माण गर्ने छ ।
दरबार क्षेत्र र मन्दिर क्षेत्रमा आवतजावत गर्न समस्या नहोस् भन्ने उदेश्यले आवतजावतको लागि“टनेल “ निर्माण गरिने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया