भुकम्पले ध्वस्त नुवाकोट दरबारको पुननिर्माण शुरु (फोटो फिचर)
नुवाकोट असार ६, वि.स २०७२ सालको महाभुकम्पले भत्किएको नुवाकोटको ऐतिहासिक साततले दरबारको पुन निर्माण शुरु भएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दरवारको पुननिर्माण शुरु भएको विदुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विरेन्द्र शाहीले जानकारी दिए । दरवारको पुन निर्माण अन्र्तगत पहिलो चरणमा टेको लगाउने तथा यो वर्खाको झरीबाट बचाउने उदेश्य राखिएको छ ।
दरबारको पुननिर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय एवं पुरातत्व विभागको सुपरीवेक्षणमा अघि बढाइएको छ । चिनिया कम्पनीले नेपाली कालिगढ तथा श्रमिकहरुलाई प्राथमिकतामा राखेर परिचालन गर्ने बताइएको छ । दरबारको निर्माण चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजले पुनर्निर्माण गर्ने छ ।
दरबार क्षेत्र र मन्दिर क्षेत्रमा आवतजावत गर्न समस्या नहोस् भन्ने उदेश्यले आवतजावतको लागि“टनेल “ निर्माण गरिने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया