अनु लामाको ह्याट्रिकमा विदुर नगरपालिकाको विजयी सुरुवात

विदुर खबर २०७६ असार ५ गते ९:४२
फाईल फोटो

नुवाकोट असार ५, नुवाकोटको विदुर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

Advertisement

हलचोकस्थित एपीएफको मैदानमा बिहिबार पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले विजयी सुरुवात गरेको हो । विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् । यस्तै रञ्जीता राई र रञ्जना दर्जीले एक÷एक गोल गरिन् । जितसंगै समूह ’डी’ को विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ । प्रतियोगिता अन्र्तगत विदुर नगरपालिकाले आगामी शनिवार ७ गते धनगढी र ९ गते सोमबार विराटनगर महानगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह ’ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया