अनु लामाको ह्याट्रिकमा विदुर नगरपालिकाको विजयी सुरुवात

नुवाकोट असार ५, नुवाकोटको विदुर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा बिहिबार पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले विजयी सुरुवात गरेको हो । विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् । यस्तै रञ्जीता राई र रञ्जना दर्जीले एक÷एक गोल गरिन् । जितसंगै समूह ’डी’ को विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ । प्रतियोगिता अन्र्तगत विदुर नगरपालिकाले आगामी शनिवार ७ गते धनगढी र ९ गते सोमबार विराटनगर महानगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह ’ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया