नुवाकोटमा निर्माण भइरहेको बुद्धभुमीले आइपिओ निष्काशन गर्न मिल्ने रेटिङ पायो

विदुर खबर २०७६ असार ३ गते १३:००

नुवाकोट असार ३, नुवाकोट जिल्लामा निर्माण भइरहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ।

Advertisement

कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन्। कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ। कम्पनीले ५ मेगावाट क्षमताको लोअर टाँडी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिहेको छ। आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशत सकिएको छ।

प्रोजेक्टको निर्माण यहि महिना सक्ने लक्ष्य लिएको भए पनि भर्खरै ६० प्रतिशत मात्रै काम सकिएको हुँदा निर्माण सकिन अझै केही समय लाग्ने देखिएको छ। नुवाकोट जिल्लामा निर्माण भइरहेको उक्त आयोजनाको जम्मा लागत ९८ करोड ३० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत १९ करोड ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।

Advertisement

आयोजनाको लागत ६५ प्रतिशत कर्जाबाट र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ। बुद्धभुमिको चुक्ता पूँजी २७ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीमा ७९ जना संस्थापक छन्। प्रमुख शेयरधनीहरुमा प्रमोद खड्काको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत हिस्सा छ।

प्रतिक्रिया