रामकाजी र उनकी श्रीमतिको पहलमा अन्नपुर्ण आधारभुत विद्यालयले नयाँ स्वरुप पायो

विदुर खबर २०७६ असार ३ गते १२:५०

नुवाकोट असार ३, तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयको भौतिक संरचनाले नयाँ स्वरुप पाएको छ ।

Advertisement

समाजसेवी रामकाजी थापा,उनकी श्रीमति सरस्वती उफ्रेती र छोरी प्रस्तुती थापाले विद्यालयमा रहेका भवनमा प्लास्टार गर्ने, रङ लगाउने तथा विभिन्न पढनपाठनलाई मदत मिल्ने सांकेतिक चिन्हहरु बनाउन आर्थिक सहयोग गरेर विद्यालयको स्वरुप नै परिर्वतन गरिदिएका हुन । उनले विद्यालयको स्वरुप परिवर्तन गरेर सोमबार विद्यालय गाउँपालिका अध्यक्ष रमेश वस्ती, वडा नम्बर ४ का वडाअध्यक्ष राममणि अधिकारी र विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठ लगायतलाई हस्तान्त्ररण गरेका हुन ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले थापाजस्तै गाउँको विद्यालयलाई माया गर्ने अरु दुईचारजना थपिए गाउँपालिकाको शैक्षिक अवस्था सुध्रने बताए । विद्यालयमा विशेष गरि दलित समुदायका विद्यार्थीहरु पढ्ने गरेको र गाउँपालिकाको शिक्षा क्षेत्रलाई सहयोग गर्न आफुहरुले विद्यालयलाई भौतिक र शैक्षिक सामाग्री दिएर सहयोग गरेको समाजसेवी रामकाजी थापाले बताए । नेवारपानी घर भई काठमाण्डौको एक अस्पतालमा काम गर्दै आएका उनले उत्त विद्यालयलाई गतवर्ष पनि आर्थिक सहयोग गरेका थिए । उनीहरुले विद्यालयलाई प्रिन्टर, ग्लोब, शैक्षिक सामाग्री तथा स्टेशनरी सामान प्रदान गरेको विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठले जानकारी दिए ।

Advertisement

थापा परिवारले विद्याललाई अत्याधुनिक प्रिन्टर मेसिन प्रदान गरेपछि विद्यालयको परीक्षाको प्रश्नपत्र र आधिकारीक सुचना बनाउन देविघाट वा बट्टार जानुपर्ने बाध्यता हटेको विद्यालयका प्रध्यानाअध्यापक श्रेष्ठले बताए । प्रिन्टर विद्यालयमै उपलब्ध भएसँगै समय र पैसाको बचत भएको विद्यालयको भनाई रहेको छ । यसअघि पनि थापा दम्पतिले भुकम्पबाट क्षतिग्रस्त विभिन्न विद्यालयको पुस्तकालय निर्माण, शैक्षिक सामाग्री विरतण र विद्यालयमा विद्यार्थी आर्कषित गनृ विभिन्न कार्याक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया