रामकाजी र उनकी श्रीमतिको पहलमा अन्नपुर्ण आधारभुत विद्यालयले नयाँ स्वरुप पायो
नुवाकोट असार ३, तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंहमा रहेको अन्नपुर्ण आधारभुत विद्यालयको भौतिक संरचनाले नयाँ स्वरुप पाएको छ ।
समाजसेवी रामकाजी थापा,उनकी श्रीमति सरस्वती उफ्रेती र छोरी प्रस्तुती थापाले विद्यालयमा रहेका भवनमा प्लास्टार गर्ने, रङ लगाउने तथा विभिन्न पढनपाठनलाई मदत मिल्ने सांकेतिक चिन्हहरु बनाउन आर्थिक सहयोग गरेर विद्यालयको स्वरुप नै परिर्वतन गरिदिएका हुन । उनले विद्यालयको स्वरुप परिवर्तन गरेर सोमबार विद्यालय गाउँपालिका अध्यक्ष रमेश वस्ती, वडा नम्बर ४ का वडाअध्यक्ष राममणि अधिकारी र विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठ लगायतलाई हस्तान्त्ररण गरेका हुन ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले थापाजस्तै गाउँको विद्यालयलाई माया गर्ने अरु दुईचारजना थपिए गाउँपालिकाको शैक्षिक अवस्था सुध्रने बताए । विद्यालयमा विशेष गरि दलित समुदायका विद्यार्थीहरु पढ्ने गरेको र गाउँपालिकाको शिक्षा क्षेत्रलाई सहयोग गर्न आफुहरुले विद्यालयलाई भौतिक र शैक्षिक सामाग्री दिएर सहयोग गरेको समाजसेवी रामकाजी थापाले बताए । नेवारपानी घर भई काठमाण्डौको एक अस्पतालमा काम गर्दै आएका उनले उत्त विद्यालयलाई गतवर्ष पनि आर्थिक सहयोग गरेका थिए । उनीहरुले विद्यालयलाई प्रिन्टर, ग्लोब, शैक्षिक सामाग्री तथा स्टेशनरी सामान प्रदान गरेको विद्यालयका प्रध्यानाअध्यापक नवराज श्रेष्ठले जानकारी दिए ।
थापा परिवारले विद्याललाई अत्याधुनिक प्रिन्टर मेसिन प्रदान गरेपछि विद्यालयको परीक्षाको प्रश्नपत्र र आधिकारीक सुचना बनाउन देविघाट वा बट्टार जानुपर्ने बाध्यता हटेको विद्यालयका प्रध्यानाअध्यापक श्रेष्ठले बताए । प्रिन्टर विद्यालयमै उपलब्ध भएसँगै समय र पैसाको बचत भएको विद्यालयको भनाई रहेको छ । यसअघि पनि थापा दम्पतिले भुकम्पबाट क्षतिग्रस्त विभिन्न विद्यालयको पुस्तकालय निर्माण, शैक्षिक सामाग्री विरतण र विद्यालयमा विद्यार्थी आर्कषित गनृ विभिन्न कार्याक्रम संचालन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया