विदुर नगरपालिका उपमेयर कप महिला भलिबलकाे उपाधि एपीएफलाई

विदुर खबर २०७६ असार २ गते १३:२२

नुवाकाेट असार २, विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्वर 9 काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित निकाल्याे । उपाधिसँगै एपीएफले १ लाख ७५ हजार रुपैया हात पार्याे। दाेस्राे भएकाे डायमन्डले ७५ हजारमा चित्त बुझायाे ।

तेस्राे भएकाे आर्मीले ४० हजार रुपैया हात पार्याे । एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ५ हजार रुपैया हात पारिन् । व्यक्तिगत विधातर्फ डायमन्डकी प्रतिभा माली वेस्ट स्पाइकर र सलिना श्रेष्ठले बेस्ट डिफेन्डर बनिन् । एपीएफकी कप्तान विनिता बुढाथोकी बेस्टर सेटर र आर्मीकी मनिषा खाँड बेस्ट ब्लकर घोषित भइन् । उनीहरुले समान ३ हजार रुपैया पाए ।

Advertisement

विजयी टोली तथा खेलाडीहरुलाई सांसद रामकुमारी झाक्री, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, उपमेयर गीता कुमारी दाहाल, राखेप सदस्य इन्दिरा निरौला उपाध्यय, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला सम्नवय समितिका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव कुमार पोखेरेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धि प्रधानलगायतले पुरस्कृत गरे । जेठ ३० गतेबाट शुरु भएकाे प्रतियाेगितामा विभिन्न ७ टाेलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया