कल्र्भट निर्माणले कागुने र रिप वस्ती जोखिममा

विदुर खबर २०७६ असार २ गते ४:५५

नुवाकोट असार २, सामरी खोला कल्र्भट निर्माण कारण कागुने र रिपगाउ“ वस्ती जोखिममा परेको छ ।

Advertisement

स्थानीयले वर्खामा वस्ती जोखिममा पर्ने भएको भन्दै विरोध जनाएका छन् । स्थानीयलाई नसोधी कागुनेबजार खड्काटार जोड्ने कल्र्भट निर्माण उपभोक्ता समितिले सामरी खोलामाथि कल्भर्ट निर्माण गरेकोले उनीहरुले विरोध गरेका हुन् । विदुनगरपालिका १३ मा पर्ने ती वस्ती म्यागङ र तारकेश्वर गाउपालिकासंग जोडिएको छ । खोला बढेपछि भेल खेत र घरवस्तीमा आउछ ’स्थानीय गीता श्रेष्ठले भनिन्,‘ह्युमपाइप ठूलो राखेको भए पस्दैनथ्यो होला । बस्ती लागे डर छ ।’

उपभोक्ता समितिले १ सय २० सेमीको पाइप हाल्नुपर्नेमा ९० सेमीको हालेको छ । रिपगाउ जानेपट्टी खेत र अलिपर बस्ती छ भने कागुनेपट्टि खेत र बस्ती छ । अर्का स्थानीय शोभा श्रेष्ठले भनिन्,‘खोला दविएर नगएकोले बर्खामा उर्लेर आउदा बस्ती छिर्छ । घरबास उठ्नेभने ।’ कागुनेपट्टी ६० धुरी र ८० रोपनी भन्दा बढी खेतीयोग्य जग्गा छ । यता रिपपट्टी ८० रोपनी खेत छभने नजिकै सुन्दरादेवी मन्दिर छ । सामरी मुनि २०२८ सालमा दुई वटा ठूला पहिरो आएपछि वर्षेनी उक्त पहिरो झर्छ । तलका बस्ती जोखिम पर्ने गरेको छ । वर्सेनी पहिरो आउने खोलामा कल्भर्ट हालेपछि खोलो बस्ती छिर्दैन ?’ अर्का स्थानीय मानबहादुर खड्काले भने,‘कल्र्भटले गर्दा बस्ती र भएका खेत जम्मै जानेभो ।’

Advertisement

कल्र्भटको पाइपको मुख सानो छ । बस्तीलाई असर नगर्ने गरी बनाएको भए कसैले विरोध गरथ्यो ?’ उपभोक्ता समितिका अध्यक्ष राजुराम खड्काले कल्र्भटमा माथिबाट खोला जाने भएकाले पाइप साना राखिएको बताए । उनलेभने,‘भेल आए कल्र्भटमाथिबाट गइहाल्छ । के को चिन्ता । त्यसै विरोध गर्छन् ।’ उपभोक्ता समितिले नियम मिचेर दुई जना कर्मचारीलाई समेत समितिको सदस्यमा राखेका छन् । कल्र्भट प्रदेश सरकारको तर्फबाट ३० लाख र विदुर नगरपालिकाबाट ८ लाख रुपैयामा खर्चेको भनिएपनि १३ लाख रुपैयामा उक्त कल्र्भट निर्माण भएको स्थानीयको दावी छ ।

उपभोक्ता समितिले वडा कार्यालयसंग कुनै सरसल्लाह नगरी आफ्नो पाराले काम गरेको विनपा १३ का वडाध्यक्ष दलबहादुर तामाङले बताए । काम सकेको भन्दै एक्कासी सिफारिस पत्र माग्न आए, उनलेभने, स्थानीयको विरोधको सामु कसरी मैले काम सम्पन्न भो भनेर सिफारिस दिनु ?’ कल्र्भट निरिक्षण गर्न गएका जनप्रतिनिधिको टोली र समितिको टोली बीच निकै बेर भनाभन र हातहालाहालको स्थिति सिर्जना भएको थियो । केहीले पत्रकारहरुलाई गाली गर्न समेत पछि परेनन् ।

Advertisement

प्रतिक्रिया