नुवाकोट गोल्डकपको उपाधि घरेलु टोली नुवाकोटलाई, संकटा ट्राईब्रेकरमा ५–३ गोल अन्तरले पराजित

विदुर खबर २०७६ जेठ ३१ गते १४:३२

नुवाकोट जेठ ३१, दोस्रो नुवाकेोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट ११ ले उचालेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा संकटा क्लब काठमाण्डौलाई ट्राईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै घरेलु टोली नुवाकोट ११ ले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

निर्धारित समयमा दुबैतर्फबाट एक÷एक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा संकटाका खेलाडी रोमन लिम्बुको प्रहार पोष्टबाट वाहिरिएपछि खेल नुवाकोटले जितेको हो । ट्राईब्रेकरमा नुवाकोटका लागि रुपेश केशी, भिक्टर, रमेश घिसिङ, अभिशेक वर्मा र राजिव लोप्चनले गोल गरेका थिए ।

त्यस्तै संकटाको लागि अमित तामाङ, दिपेश आलेमगर, एमेष्टको प्रहारले जाली चुम्दा रोमन लिम्बुको प्रहार वाहिरिएको थियो । यसअघि खेलको पहिला हाफको २३ औ मिनेटमा संकटाको लागि जर्सी नम्बर २६ का पुजन उपरकोटीले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ३८ औ मिनेटमा नुवाकोट ११ का लागि जर्सी नम्बर ८८ का भिक्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा एकएक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

Advertisement

प्रतियोगिताको उपाधि उचालेको नुवाकोट ११ ले ६ लाख रुपैयाँ मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सिमिति संकटाले ३ लाख रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक नुवाकोट ११ का देव चित्रकार, उत्कृष्ट खेलाडी नुवाकोट ११ कै रुपेश केशी र म्यान आफ दी फाईनल नुवाकोट ११ कै गोलकिपर अर्पण कार्की घोषित भए । उत्कृष्ट प्रशिक्षक भएका चित्रकारले २० हजार रुपैया पाए भने उत्कृष्ट खेलाडी भएका केशीले नगर ५० हजार रुपैयाँ र म्पान अफ दी फाईनल भएका कार्कीले १० हजार रुपैयाँ हात पारे ।

जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि गतवर्ष नेपाल पुलिस क्लबले हात पारेको थियो ।

Advertisement

प्रतिक्रिया