च्यासललाई सडेन डेथमा ६–७ गोेल अन्तरले हराउँदै संकटा फाईनलमा

विदुर खबर २०७६ जेठ २९ गते १३:५६

नुवाकोट जेठ २९, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत केहीवरेअघि सम्पन्न खेलमा च्यासल युथ क्लबलाई सडेनडेथमा ६–७ गोलअन्तरले हराउँदै संकटा फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयको खेल एकएक गोलमा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो । खेलको पहिलो हाफमा खृल गोलरहित बराबरीमा सम्पन्न भएको थियो । प्रेनाल्टीमा अमित तामाङ,म्यासेज प्रियर, इरेस्ट टम्पी,दिपेश आलेमगर, सरोज दाहाल र कोन वोरिसले गोल गरेका थिए । त्यस्तै च्यासलको लागि विक्रम लामा अमिर श्रेष्ठ, वियक, परीसो, देवेन्द्र तामाङ र त्रिसिङ गुरुङले गोल गरेका थिए । सडेन डेथको सातौ प्रहारमा संकटाका सुभास गुरुङले गोल गर्दा च्यासलका मिलन राईको प्रहार संकटाका गोलकिपर राजावावु थापाले रोकेपछि संकटाको जित निश्चित भएको हो । फाईनल पुगेको संकटाले उपाधिको लागि घरेलु टोली नुवाकोट ११ सँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ । खेलमा उत्कृष्ट प्रर्दशन गरेका संकटाका गोलकिपर राजावावु थापा म्यान अफ दस् म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ हात पारे ।

यसअघि खेलमा च्यासलको लागि जर्सी नम्बर १० का मिलन राईले दास्रो हाफको १३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ११ मिनेट बित्न नपाउँदै संकटाको लागि जर्सी नम्बर ९ का अफ्रिकी खेलाडी कोन वोरिसले गोल गर्दै खेल बराबरीमा पुराएका हुन । त्यसपछि खेलमा कुनै गोल भएन र खेल पेनाल्टीतर्फ धकेलिएको हो । संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो ।
ए डिभिजनका यी दुई क्लबको भिडन्त विहीवार बुधवारको खेल निकै रोचक थियो । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता फाइलन खेल जेठ ३१ गते हुने छ ।

Advertisement

प्रतिक्रिया