च्यासललाई सडेन डेथमा ६–७ गोेल अन्तरले हराउँदै संकटा फाईनलमा
नुवाकोट जेठ २९, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत केहीवरेअघि सम्पन्न खेलमा च्यासल युथ क्लबलाई सडेनडेथमा ६–७ गोलअन्तरले हराउँदै संकटा फाईनलमा प्रवेश गरेको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयको खेल एकएक गोलमा सकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो । खेलको पहिलो हाफमा खृल गोलरहित बराबरीमा सम्पन्न भएको थियो । प्रेनाल्टीमा अमित तामाङ,म्यासेज प्रियर, इरेस्ट टम्पी,दिपेश आलेमगर, सरोज दाहाल र कोन वोरिसले गोल गरेका थिए । त्यस्तै च्यासलको लागि विक्रम लामा अमिर श्रेष्ठ, वियक, परीसो, देवेन्द्र तामाङ र त्रिसिङ गुरुङले गोल गरेका थिए । सडेन डेथको सातौ प्रहारमा संकटाका सुभास गुरुङले गोल गर्दा च्यासलका मिलन राईको प्रहार संकटाका गोलकिपर राजावावु थापाले रोकेपछि संकटाको जित निश्चित भएको हो । फाईनल पुगेको संकटाले उपाधिको लागि घरेलु टोली नुवाकोट ११ सँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ । खेलमा उत्कृष्ट प्रर्दशन गरेका संकटाका गोलकिपर राजावावु थापा म्यान अफ दस् म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ हात पारे ।
यसअघि खेलमा च्यासलको लागि जर्सी नम्बर १० का मिलन राईले दास्रो हाफको १३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ११ मिनेट बित्न नपाउँदै संकटाको लागि जर्सी नम्बर ९ का अफ्रिकी खेलाडी कोन वोरिसले गोल गर्दै खेल बराबरीमा पुराएका हुन । त्यसपछि खेलमा कुनै गोल भएन र खेल पेनाल्टीतर्फ धकेलिएको हो । संकटा आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने च्यासल युथ क्लब लिग च्याम्पियन मनाङलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो ।
ए डिभिजनका यी दुई क्लबको भिडन्त विहीवार बुधवारको खेल निकै रोचक थियो । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता फाइलन खेल जेठ ३१ गते हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया