विदुर नगरपालिका वडा नं ५ का वडाअध्यक्ष चित्रकारलाई पितृशोक
विदुर खबर
२०७६ जेठ २९ गते ५:५८

नुवाकोट जेठ २९, विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारलाई पितृशोक परेको छ ।
विगत एक महिनादेखि काठमाण्डौको विभिन्न अस्पतालमा उपचार गराइरहनु भएका वडाअध्यक्ष चित्रकारका वुवा राधेश्याम चित्रकारको ७६ वर्षको उमेरमा आज विहान काठमाण्डौको वयोधा अस्पतालमा निधन भएको हो ।
चित्रकारलाई किड्नीमा इन्फेक्सन,निमोनियाका साथै फोक्सोमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको देविघाटमा केहि वेरमा अन्त्यटी गर्ने बताइएको छ । उनका तीन छोराहरु शिब चिकत्रार, बिष्णु चित्रकार र दिपक चित्रकार रहेका छन ।
सम्बन्धित
प्रतिक्रिया