लिखु गाउँपालिकाका विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण
नवाकोट जेठ २७,लिखु गाउँपालिकाका दुई बिद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ ।
सोमबार लिखु गाउँपालिकाको चौघडामा एक कार्यक्रमको आयोजना गर्दे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवंम लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यामिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विधालय व्यवस्थापन महासंघ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एकएक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गरेका हुन ।
विद्यालयलाई हस्तान्त्ररण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको दाबी गरिउको छ । मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुत्त रुपमा खरिद गरेका हुन । को सयुक्त सहभागीमा खरिद गरिएको हो । मेसिन खरिद गरिएसँगै दुई विद्यालयका करिव तीनसय पचास जना छात्रा लाभान्वित हुने बताइएको छ । महिनावारीको समयमा छात्राहरुलाई विद्यालयमा उपस्थित गराउन मेसिन खरिद गरेको नेकपाका नेता पुर्णलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सकारले बजेटमार्फत नेपाल भरिका विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको भन्दै यस्तो कार्यक्रमले विद्यालयका छात्राहरु लाभान्धित हुने विश्वास व्यक्त गरे ।
यसैबिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवंम लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष श्रेष्ठले लिखु गाउँपालिका वडा नम्बर २ लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० जना विद्यार्थीहरुलाई ४० थान झोला तथा स्टेसनरी सामाग्रीहरु वितरण गरेका छन । विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी सो सामाग्रीहरु वितरण गरिएको हो । नेकपाका जिल्ला नेता पूर्ण लाल श्रेष्ठ, नेकपाका जिल्ला सदस्य प्रदिपप्रसाद पाठक, लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका सदस्य पार्वती श्रेष्ठ विद्यालयका प्रध्यानाअध्यापक पान्ड़प राई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु राई लगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया