घुस लिँदालिँदै बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी रंगेहात पक्राउ
विदुर खबर
२०७६ जेठ २५ गते ११:३०

नुवाकोठ जेठ २५, नुवाकोट बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले ३५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ । भण्डारी बालाजुस्थित गराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ परेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया