दोस्रो नुवाकोट गोल्डकप : नुवाकोट ११ को शानदार जित

विदुर खबर २०७६ जेठ २२ गते १३:५५

नुवाकोट जेठ २२, बुधबारबाट शुरु भएको दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा घरेलु टोली नुवाकोट ११ ले शुखद शुरुवात गरेको छ ।

Advertisement

नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा घरेलु टोली नुवाकोट ११ ले काठमाणडौको दिपशिखा युवा समुहललाई शुन्यका विरुद्द ५ गोलले पराजित गरेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा नुवाकोट ११ को लागि विश्वास श्रेष्ठले ह्याट्रिक पुरा गरे । नुवाकोटको लागि विश्वास श्रेष्ठले खेलको पहिलो हाफको १० औ ,३४ औ दोस्रो हाफको ३० औ मिनेटमा गोल गर्दै श्रेष्ठले ह्याट्रिक पुरा गरे ।

त्यस्तै नुवाकोट ११ को लागि पहिलो हाफको ३८ औ मिनेटमा प्याट्रिक र दोस्रो हाफको २५ औ मिनेटमा पदनेश राजवंशीले गोल गर्दै नुवाकोटलाई शुन्यका विरुद्ध ५ गोलको जित दिलाए । खेलमा तीन गोल गरेका नुवाकोट ११ का विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन । त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

Advertisement

प्रतिक्रिया