नुवाकोट गोल्डकप आजदेखि ,उद्धघाटन खेलमा नुवाकोट विरुद्ध काठमाडौको दिपशिखा युवा समुह भिड्दै

विदुर खबर २०७६ जेठ २२ गते २:०४

नुवाकोट जेठ २२,  दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता आजबाट शुरु हुने भएको छ ।

Advertisement

प्रतियोगितामा आयोजक नुवाकोट ११ सहित १० टोलीको सहभागितारहेको नुवाकोट फुटवल संघले जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो ४ बजे घरेलु टोली नुवाकोटसँग काठमाणडौको दिपशिखा युवा समुहले प्रतिष्पर्धा गर्दै छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हने प्रतियोगितामा घरेलु टोली नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन ।

त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहले सहभागिता जनाएका छन ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाका केन्द्रिय सदस्य तथा प्रतियोगिता व्यवस्थापक पुर्णमान चित्रकारले बताए । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

Advertisement

प्रतियोगितामा दर्शकले खेल हेर्न साधारणतर्फ एकसय र भिआईपीतर्फको प्याराफिकटको लागि दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ । गरिएको नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ दिइने छ ।

प्रतिक्रिया