पन्चकन्या गाउँपालिकामा स्वरोजगार बन्न सिप सिक्दै हजुरबाहरु

विदुर खबर २०७६ जेठ २२ गते १:५४

नुवाकोट जेठ २२, जीवनको आधा दशक कृषि पेशामा बिताएका पन्चकन्या गाउँपालिका वडा नम्बर ३ बहरेडाँडाका ६० वर्षिय ज्ञानेन्द्र कार्की स्वरोजगार मार्फत आत्मनिर्भर बन्न बाँसको मुढा बनाउँने तालिममा सहभागि भएका छन ।

Advertisement

उनको स्वरोजगारमार्फत आत्म निर्भर बन्ने चाहाना पुरा गर्न यतिखेर लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा,जोइन्ट भिजन कन्सल्टेन्सी वालाजु र घरेलु तथा साना उद्योग विकास समिति नुवाकोट लागिपरेकोे छ । उनीजस्तै गाउँपालिका वडा नम्बर ३ का अन्य १३ जना पनि शिप सिकेर आत्मनिर्भर बन्ने आंकाक्षा लिएर तालिममा सहभागि भएका छन । तालिममा सहभागी कार्कीले खेती गरेर बचेको समयमा सिकेको शिपमार्फत आम्दानी बढाउने आशा पलाएको बताए । उनीजस्तै मुडा तथा फर्निचर बनाउने तालिममा सहभागी भएका ढलबहादुर कार्कीले बचेको समयको सदुपयोग गरेर आर्थिक उपाजर्न गर्न तालिममा सहभागी भएको उल्लेख गरे । जीवनको आधा दशक जीवीकामुखी कृषि कार्य गरेका उनीहरु तालिम लिएपछि व्यवसायिक उत्पादन गर्ने बताउँछन ।

तालिमको मंगलबार जिल्ला लघु उद्यम संघले अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा जिल्ला समन्वय समितिकी सदस्य सुविना प्रधानले तालिमले सांकेतिक रुप मात्र दिने भन्दै त्यसलाई चित्रमा उर्तान व्यक्ति स्वयम लाग्नुपर्ने बताइन । उनले गाउँपालिकाले स्थानियबासीको आर्थिक जीवनस्तर उकास्न विभिन्न कार्याक्रम ल्याएको बताइन । त्यस्तै वडाअध्यक्ष रामबाबु पराजुलीले तालिम लिएर छाड्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए । उनले यस्ता तालिम आधारभुत मात्र भएकोले राम्रो काम गर्नेलाई वडा कार्यालयले प्रोत्साहन गर्ने र उच्चस्तरको तालिममा सहभागीतको अवसर जुटाउने प्रतिवद्धता व्यत्त गरे । तालिममा सहभागिहरुले पहिलोपटक बनाएको मुढा आफुलाई बेच्न समेत वडा अध्यक्ष पराजुलीले आग्रह गरे ।

Advertisement

यस्तै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले तालिमको भरपुर सदुपयोग गरेर सिप सिकेमा त्यसबाट मनग्य आयाआर्जन गर्न सकिने बताए । उनले पन्चकन्या गाउँपालिकामा प्रशस्त स्रोत र साधन रहेको भन्दै त्यसको गाउँपालिका र स्थानियले सदुपयोग गर्नुपर्ने बताए । घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले गरिवी निवारण्का लागि सरकारले जनतालाई व्यवसायिक विकास र दक्ष बनाउन सिप विकासको तालिम संचालन गरेको बताए । उनले सरकारले महिला र दलितहरुलाई उद्योग स्थापना गर्न प्रोत्साहनस्वरुप निशुल्क गरेको जानकारी दिए । सिमित श्रोत र साधनका वावजुत गाउँपालिकाको विभिन्न स्थानमा कार्यक्रम संचालन भएकोले त्यसको सबैले भरपुर सदुयोग गर्न लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष निलनाथ आचार्यले आग्रह गरे । कार्यक्रमम लघु उद्यमी संघ नुवाकोटकी अध्यक्ष गीता थापा, नेपाल घरेलु महासंघ जिल्ला अध्यक्ष सिताराम रिमाल, सोही वडाकी वडासचिव निलकुमारी शाहले स्वरोगार बन्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने भएकोले निरन्तर यस्ता कार्यक्रम संचालन गर्नुपर्ने बताएका थिए ।

गरिवी निवारणको लागि नुवाकोटको १२ बट्टै स्थानिय तहमा सिप विकासको विभिन्न तालिमहरु संचालन भइरहेका छन । जसमध्ये ७ वटा स्थानिय तहमा लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा, जोइन्ट भिजन कन्सल्टेन्सी वालाजु र सामुदायिक तथा व्यवसायिक विकास प्रर्वदन समाज (कोब्डेक्स) ले ५ ओटा स्थानिय तहमा काम गरिरहेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत पन्चकन्या गाउँपालिका वडा नम्बर ३ मा मुढा तथा फर्निचर बनाउने १५ दिने तालिम संचालन भइरहेको छ ।

Advertisement

प्रतिक्रिया