नुवाकोटको सिडियो र सहायक सिडियो फेरिए
विदुर खबर
२०७६ जेठ २१ गते ७:४७
नुवाकोट जेठ २१, नुवाकोटका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
सरुवा भएका सिडियो उद्धवबहादुर थापालाई गृह मन्त्रालयमा सहसचिवको रुपमा काज सरुवा गरिएको छ भने सहायक सिडियो गोपाल अधिकारीलाई जिल्ला प्रसाशन कार्यालय सिराहामा निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।
नुवाकोटमा अब नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल आउने भएका छन । गृह मन्त्रालयले मंगलबार २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । मन्त्रालयले रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया