नुवाकोटको सिडियो र सहायक सिडियो फेरिए
विदुर खबर
२०७६ जेठ २१ गते ७:४७
नुवाकोट जेठ २१, नुवाकोटका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
सरुवा भएका सिडियो उद्धवबहादुर थापालाई गृह मन्त्रालयमा सहसचिवको रुपमा काज सरुवा गरिएको छ भने सहायक सिडियो गोपाल अधिकारीलाई जिल्ला प्रसाशन कार्यालय सिराहामा निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।
नुवाकोटमा अब नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल आउने भएका छन । गृह मन्त्रालयले मंगलबार २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । मन्त्रालयले रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतको जिल्लाका सीडीओ र सहायक सीडीओ फेरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया