बिदुर खानेपानी चुनाव : कांग्रेसका सबै उम्मेदवार बढारिए

विदुर खबर २०७६ जेठ २० गते १५:२६

नुवाकोट जेठ २०, विदुर खानेपानी तथा उपभोत्ता समितिको निर्वाचनमा नेपाली कांग्रेस निकटका सबै उम्मेदवारको पत्तासाफ भएको छ ।

Advertisement

सोमबार दिउँसो सम्पन्न मतगणनामा नेकपा निकटका नारायण खनाल प्यानलका सबैले शानदार विजय पाउँदा कांग्रेस पदाधिकारी विहिन बनेको हो । नेकपा निकटका अध्यक्ष खनालले १ सय २६ मतले काँग्रेस निकट लोकतान्त्रिक समूहका राजेन्द्र अर्याललाई पराजित गरेका हुन । खनालले ७ सय ६३ मत प्राप्त गर्दा अर्यालले भने ६ सय ३७ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा संजिवबहादुर श्रेष्ठले ८ सय ५०, सचिवमा रघुनाथ रिमालले ७ सय ३९ र कोषाध्यक्षमा बच्चुमाया सुनारी मगरले ७ सय ५८ प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यहरुमा रविता भट्ट ७ सय १४ मत र जगतकुमारी गिरीले ७ सय ६ मत प्राप्त गरि विजयी भएका छन । त्यस्तै अन्य सदस्यहरुमा राजेन्द्र पाण्डे ७ सय २८, भुमिराज गजुरेल ७ सय २५ र लवप्रसाद न्यौपानेले ६ सय ८० मत ल्याएर विजयी भए ।

                       फोटो : त्रिशुली वेब

१ हजार ५ सय ६१ जनाले मत राखेकोमा १ हजार ५ सय ६० मत मात्र गणना भएको थियो भने १ हजार ५ सय २५ सदर र ३५ मत बदर भएको थियो । उपभोत्ता समितिको निर्वाचनको लागि १ हजार ९ सय ७६ जना मतदाताले नविकरण गरेका थिए । विदुर नगरपालिकाको मिनी चुनावको रुपमा विदुर यपभोत्ता समितिको निर्वाचनलाई मानिने गरिन्छ ।

Advertisement

प्रतिक्रिया