बिदुर खानेपानी चुनाव : खनाल प्यानललाई प्रारम्भीक अग्रता

विदुर खबर २०७६ जेठ १९ गते ३:१०

नुवाकोट जेठ १९, बिदुर खानेपानी उपभोत्ता समितिको प्रारम्भीक मतगणना अनुसार नेकपा निकटका उम्मेदवार नारायण खनालले प्रारम्भीक अग्रता लिएका छन ।

Advertisement

शनिबार राती १२ बजेबाट शुरु भएको मतगण्नामा खनाल प्यानलका सबैले सामान्य अग्रता लिइरहेका छन । यो समाचार तयार पार्दा एकसय ९६ मत गणना भएको छ । जसमा खनालले ९८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र अर्यालले ७४ मत प्राप्त गरेका छन भने स्वतन्त्रतर्फबाट उम्मेद्धवारी दिएका हरिशरण गजुरेलले ९ मत प्राप्त गरेका छन ।

त्यस्तै उपाध्यक्षमा खनाल प्यानलका संजीव श्रेष्ठले एकसय १४ र अर्याल प्यानलका रामबहादुर श्रेष्ठले ६९ मत पाएका छन । सचिवमा नेकपाका रघुनाथ रिमालले ९८ र कांग्रेसका रामजी भट्टले ७८ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा बच्चुमाया सुनारीमगरले एकसय एक मत ल्याउँदा शुशीला पौडेलले ७५ मत प्राप्त गरेकी छिन । त्यस्तै सदस्यहरुमा पनि नेकपा निकटका उम्मेदवारहरुले झिनो अग्रता दिएका छन ।

Advertisement

प्रतिक्रिया