बिदुर खानेपानी उपभोत्ता समितिको निर्वाचनमा ७९ प्रतिशत मत खस्यो

विदुर खबर २०७६ जेठ १८ गते १३:४६

नुवाकोट जेठ १८, बिदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचनमा ७९ प्रतिशत प्रतिशत मत खसेको छ ।

Advertisement

शनिबार साँझ सम्पन्न भएको मतदानमा ७८ प्रतिशत अर्थात १५ सय ६१ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बिदुर नगरपालिकाको मिनि चुनावको रुपमा रहेको विदुर खानेपानी तथा उपभोत्ता समितिको निर्वाचनमा १९ सय ७६ मतदाता रहेका छन । विहान साढे ८ बजेदेखि शुरु भएको मतदान साँझ ६ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत देवराज कँडेलले जानकारी दिए । निर्वाचनमा नेपाली कांग्रेस निकटका राजेन्द्र अर्याल,नेकपा निकटका नारायण खनाल र हरिशरण गजुरेलले स्वतन्त्र रुपमा अध्यक्षको लागि उम्मेदवारी दिएका छन । कुल ९ सदस्यीय कार्यसमितिको लागि तीन प्यानलबाट २३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले बताएको छ ।
मतदानस्थल ईलम प्रशिक्षण केन्द्र विदुरमा विहानैदेखि उम्मेदवारहरुले मतदातासँग भोट मागिरहेका थिए भने सबेरै मतदाता मतदानस्थलमा पुगेका थिए ।

चुनावको लागि विभिन्न राजनैतिक दलका केन्द्रिय नेताहरुसमेत मतदानस्थल बिदुरमा पुगेर आफ्ना पार्टीका उम्मेदवारहरुलाई हौसाई रहेका थिए । मतदान गर्न पुर्वमन्त्रि तथा नेपाली कांग्रेसा केन्द्रिय सदस्य अर्जुननरसिंह केशी,नुवाकोट नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, पुर्व अध्यक्ष राजन श्रेष्ठलगायतको समेत उपस्थििति रहेको थियो । यसअघि मतदानको शुरुवात भने वडा नम्बर २ की जेष्ठ नागरिक भद्रकुमारी श्रेष्ठल गरेकी थिइन ।

Advertisement

निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक धारका अर्याल प्यानलबाट उपाध्यक्षमा रामकुमार श्रेष्ठ (ठाईला) सचिवमा रामजी भट्ट र कोषाध्यक्षमा सुशिला पौडेल (मिरा)ले उम्मेद्धवारी दिएकी छन। त्यस्तै अर्याल प्यानलबाट सदस्यहरुमा ज्ञानु थापा,शर्मिला खड्का, हर्कबहादुर राई, शम्भु घिमिरे र हरी गजुरेल रहेका छन । त्यस्तै नेकपानिकटका उम्मेद्धवार खनाल प्यानलबाट उपाध्यक्षमा संजिव श्रेष्ठ, सचिवमा रघुनाथ श्रेष्ठ र कोषाध्यक्षमा बच्चुमाया सुनारी मगरले उम्मेद्धवारी दिएका छन । त्यस्तै सदस्यहरुमा रविना भट्ट,राजेन्द्र पाण्डे,जगतकुरमारी गिरी, लवप्रसाद न्यौपाने र मुनीराम गजुरेलले उम्मेदवारी दिएका छन । स्वतन्त्र प्यानलतर्फबाट उम्मेद्धवारी दिएका गजुरेल प्यानलको सचिवमा कृष्णप्रसाद भट्ट, सदस्यहरुमा माधव गजुरेल र कृष्णकुमार रावल रहेका छन ।

प्रतिक्रिया