बेचविखन गर्न भारत लैजाँदै गर्दा केउरेनीबाट उद्धार
विदुर खबर
२०७६ जेठ १७ गते ११:३३

नुवाकोट जेठ १७, बेचविखनको लागि भारत लैजाँदै गर्दा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ २८ वर्षिय सुकुमान तामाङ बिहिबार बेलकोटगढी नगपालिका वडा नम्बर ५ केउरेनीबाट पक्राउ परेका छन ।
तामाङले रालुकाकी २० वर्षिय सानी (परिवर्तति नाम)लाई ललाई फकाई भारतमा लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीले सानीलाई उद्धार गरी तामाङलाई भने पक्राउ गरि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया