नेकपा नुवाकोट जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई सपथ,मिलेर अघि बढ्न निर्देशन

विदुर खबर २०७६ जेठ १६ गते १४:३३

बैठकमा उपस्थिति नभए सदस्यता समेत खारेज हुने

नुवाकोट जेठ १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका पदाधिकारी तथा जिल्ला सदस्यहरुलाईे बिहिबार सपथ ग्रहण गराईको छ ।

Advertisement

नेकपा प्रदेश नं ३ की सयोजक अष्टलक्ष्मी शाक्यले सम्पुर्ण पदाधिकारीहरुलाई सपथग्रहण खुवाएकी हुन । सपथग्रहण कार्यक्रममा बोल्दै नेकपा प्रदेश नं ३ की सयोजक शाक्यले दुई पार्टी एक नभई देश बन्न नसक्ने भएकोले नेकपालाई निर्वाचनमा जनताले दुई तिहाई मत दिएको बताइन । उनले आगामी दिनमा जिल्ला कमिटिले धेरै काम गर्नुपर्ने भन्दै समय व्यवस्थापन मिलाउन नेताहरुलाई निर्देशन दिइन । जिल्ला कमिटिलाई कम नआक्न र अनुशासनमा वस्न आग्रह गर्दै शाक्यले कार्य विभाजन गर्दा उचित व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने र काम लिइसकेपछि त्यसको मुल्याक्ङ हुनुपर्ने बताइन । शाक्यले विभिन्न स्थानमा नेकपाका नेता तथा जनप्रतिनिहरुमा तडकभडक देखिएको,अपारदर्शी भएको भन्दै नुवाकोटलाई उत्कृष्ट जिल्ला बनाउन आग्रह गरिन । उनले आफ्नो सोचलाई पार्टीका नेता कार्यकर्ताले रुपान्तर गर्नुपर्ने भन्दै सामन्ती सोचलाई नत्यागे जनताले मन नपराउने भनाई ।

कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का सहसंयोजक तथा नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले आगामी दिनमा कोही पनि माओवादी र एमाले नरहेको भन्दै सपथग्रहण कार्यक्रम ऐतिहासिक रहेको धारणा व्यक्त गरे । उनले पार्टीमा झगडा र वेमेलको कारण अन्तरविरोध देखिन सक्ने भन्दै उनले सबै मिलेर विभेद र संवृद्धिको लागि एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ कमिटि अध्यक्ष नारायण दाहाल तथा सचिव आनन्द पोखरेलले दुबै पार्टी एकजुट भएर वनेको कमिटिले जनताको हितमा काम गर्नुपर्ने बताए । तत्कालिन एमाले र माओवादी एक भएर वनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट प्रतिनिधि एकसय ४५ सदस्सीय छ । कमिटिमा तत्कालिन एमालेबाट ७४ र माओवादीबाट ७१ ज्ना रहेका छन । नेकपा नुवाकोटको अध्यक्षको जिम्मा तत्कालिन माओवादीका नेता हिरानाथ खतिवडा र सचिवको जिम्मा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडालाई दिइएको छ ।

Advertisement

बिहिबारै बसेको जिल्ला संगठनको बैठकले ५ बुँदे प्रस्ताव समेत पारित गरेको नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले बताए । खतिवडाका अनुसार बैठकले सरकार र प्रदेश सरकारले आर्थिक वर्ष ७६÷७७ को निति,कार्यक्रम र बजेट, संवृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा गर्ने उदेश्यले आएको भन्दै स्वागत गरेको छ । त्यस्तै बैठक नेपालको कम्युनिष्ट आन्दोलनको नयाँ आयामको रुपमा रहेको भन्दै सबैलाई नेकपाको संगठनमा आउन र एकातामा समेल हुन समेत आह्वा गरेको छ । त्यस्तै बैठकले पार्टी एकाताको कार्यभार पुरा गर्न र आफ्नो आफ्नो क्षेत्रमा एकताको शन्देश पुराउन ढृढ संकल्पका साथ अघि बढ्न समेत सबैलाई आग्रह गरेको भने बामपन्थी एवं जेष्ठ कम्युनिष्ट मञ्चका पुर्व संयोजक चक्रबहादुर डंगोल लामो समयदेखि स्वास्थ्य समस्याको कारण जुधिरहेको भन्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । त्यस्तै बैठकले जिल्ला संगठन कमिटिको दोस्रो बैठक आगामी असार ७ गते शनिबार विहान १० बजे शहिद प्रतिष्ठान ढुङ्गेमा बस्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । केन्द्रिय तहमा पार्टी एकता भएको लामो समयपछि जिल्ला कमिटि एकिकरण भएसँगै जिल्लाका नेताहरुले खुशी व्यक्त गरेका छन ।

प्रतिक्रिया