बिदुर खानेपानी उपभोक्ता समितिलाई चुनावी चटारो

विदुर खबर २०७६ जेठ १३ गते १५:०२

नुवाकोट जेठ १३, बिदुर खाने पानी उपभोक्ता समितिलाई आगामी बुधबारबाट गते हुने ८ औ साधारणसभा तथा ७ औ अधिवेशनको लागि निकै चटारो परेको छ ।

Advertisement

पानी कम,हिलो र हावा बढि दिने गरेको विदुर खानेपानी उपभोक्ता समिति वर्तमान नेतृत्वले पुन नेतृत्वमा स्थापित हुन चुनाव लक्षित विकास निर्माणको कामलाई तिव्र पारेको छ । समितिको वर्तमान कार्यसमितिको सो प्रवृतिप्रति आम सर्वसधाराणले रुचाएका छैनन । तर पनि आफु र आफ्नो पार्टीको नेतृत्वलाई पुन निर्वाचित गरेमा अहिले भएका विकास योजनाहरुलाई पुर्ण रुप दिने विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण खनालले बताए । उनले आफ्नो कार्यकालमा विकास निर्माण धेरै प्रगति भएपनि सडक आयोजनाले गर्दा केही समय धारामा पानी नआउँदा समस्या भएको बताए । उनले आफ्नो नेतृत्वको टिमलाई पुन निर्वाचित गराएमा ७ महिनाभित्र नगरपालिकको प्रत्येक घरमा पानी ल्याउने प्रतिवद्धता जाहेर गरे । तर नेकपामा नेतृत्व कसले गर्ने भन्नेमा विवाद भने देखिएको छ , अध्यक्षमा वर्तमान अध्यक्ष खनाल दोहोरिन चाहेका छन भने वर्तमान सचिव संजीव श्रेष्ठले पनि अध्यक्षमा दावी गरिरहेका छन । निर्वाचनमा भाग टिम छान्न भन्दै नेकपाले वुद्धि प्रधान नेतृत्वको कार्यदललाई जिम्मा दिएको छ ।

यता नेपाली कांग्रेसले पनि उम्मेदवारको टुङ्गो बुधबार विहानसम्म लगाने भएको छ । कांग्रेसले आधीकारकि रुपमा उम्मेदवारको घोषणा नगरेपनि अध्यक्षमा राजेन्द्र अर्याल, उपाध्यक्षमा रामप्रसाद श्रेष्ठ,सचिवमा रामजी भट्ट,कोषाध्यक्षमा भगवती राजभण्डारी लगभग निश्चत भएको नेपमली कांग्रेस श्रोतले जानकारी दिएको छ । त्यस्तै सदस्यहरुमा शम्मभुप्रसाद घिमिरे,हर्कवहादुर राई, गंगाराम गजुरेल, महिला सदस्यहरुमा ज्ञानु थापा श्रेष्ठ र शर्मिला खड्का रहेका छन । विदुर नगरपालिका रहेका २५ सय उपभोत्ताध्ये करिव २ हजारले भोट दिने यो निर्वाचनलाई प्रदेश सांसद सरहकै रुपमा लिने गरिन्छ । यस निर्वाचनमा जितेमा भावी मेयर हुने समेत संभावना रहेकोले दुबै पार्टीले यस निर्वाचनलाई विशेष महत्वले हेरेका छन । नुवाकोट उद्योग वाणिज्य संघमा एकलौटी जित हात पारेको काग्रेस खानेपानी समितिमा पनि त्यस्तै जितको खोजीमा रहेको छ । स्थानिय चुनावमा नमिठो पराजय भोगेको कांग्रेसले यसलाई मलम लगाउने औषधीको रुपमा प्रयोग गर्न चाहेको छ ।

Advertisement

यता स्थानिय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भारी अन्तरले जितेको नेकपालाई नुवाकोट उद्योग वाणिज्य संघको चुनावले नराम्रो झड्का दिएकोले नेकपाले खानेपानीको नेतृत्व छान्दा विचार पुराउने निश्चित छ । वाणिज्य संघमा नराम्रो पराजय भोगेको नेकपालाई खानेपानीको चुनावमा राम्रा र योग्य उम्मेदवार उठाउन समेत दबाब परेको छ । वाणिज्य संघको निर्वाचनमा पार्टीका सबै उम्मेदवार बढारिदा नेकपाको होस राम्रैसँग होस खुलेको देखिन्छ । त्यसैले यो निर्वाचनमा तिव्र प्रतिष्पर्धा हुने निश्चित छ । विदुर नगरपालिका रहेका २५ सय उपभोत्ताध्ये करिव २ हजारले भोट दिने यो निर्वाचनलाई प्रदेश सांसद सरहकै रुपमा लिने गरिन्छ । यस निर्वाचनमा जितेमा भावी मेयर हुने समेत संभावना रहेकोले दुबै पार्टीले यस निर्वाचनलाई विशेष महत्वले हेरेका छन ।

प्रतिक्रिया