नुवाकोटको विदुरमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काइए

विदुर खबर २०७६ जेठ १३ गते १३:४९

नुवाकोट जेठ १३, विदुर नगरपालिका वडा नम्बर २ वनदेविमा रहेको वनदेवि सामुदायिक वन अतिक्रमण गरेर बनाइएका केही टहरा जिल्ला वन कार्यालयले सोमबार जिल्ला प्रहरी र ससस्त्र प्रहरीको सहयोगमा खाली गराएको छ ।

Advertisement

जिल्ला वन कार्यालय नुवाकोटले गत आइतबार सार्वजनिक सुचना जारी गर्दे १० दिनभित्र सामुदायिक वन क्षेत्रमा बनेका घरटहरा खाली गर्न सार्वजनिक सुचनामार्फत आग्रह गरेको थियो । अतिक्रमण गरेको क्षेत्रका घरटहरा भत्काउनु अघि समेत वन कार्यालयले समबन्धित टहराका घर धनीहरुलाई सामान सुरक्षित राख्न आग्रह गरेर टहरा भत्काएको जिल्ला वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत राजकुमार यादवले जानकारी दिए । अतिक्रमण गरेर बनाईएका केही टहराहरु भने उच्च अदालत पाटनको आदेशको कारण छाडिएको छ । उच्च अदालत पाटनको आदेशको कारण शुशिल केशी,कमलादेवि पण्डित, सुदिप केशी, गोमादेवि पाण्डे गरुङ र शान्ति गुरुङ बस्दै आएका घरटहरा छाडिएको जिल्ला वन कार्यालयका रेन्जर लोकनाथ न्यौपानेले बताए । न्यौपानेले “उच्च अदालत पाटनले हाललाई उत्त क्षेत्रमा वसोवास गर्दै आएका सुकुमबासीहरुलाई अर्काे कुनै वैकल्पिक व्यवस्था नभएसम्मका लागि नचलाउनु” भन्ने आदेश दिएका कारण केही नगरिएको बताए ।

शुशिल केशी,कमलादेवि पण्डित, सुदिप केशी र गोमादेवि पाण्डे गरुङले उच्च अदालत पाटनमा नापी कार्यालय, मालपोत कार्यालय, वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए । उच्च अदालत पाटनले नापी, मालपोत,वन र जिल्ला प्रशासन कार्यालयलाई उपस्थिति हुन आदेश दिएको छ । त्यस्तै शान्ति गुरुङले दर्ता गरेको रिटमा विदुर नगरपालिका वडा नम्बर २ को वडा कार्यालयलाई विपक्षी बनाइएको छ । उच्च अदालत पाटनले वडा कार्यालयलाई उपस्थित हुन आग्रह गरेको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

तर जिल्ला वन कार्यालयले आफुहरुलाई विभेद गरेर टहरा भत्काएको पिडितहरुले बताएका छन । पिडित रणवहादुर तामााङले आफुहरुलाई कार्यालयले विभेद गरेर आफ्नो मात्र टहरा भत्काएको बताए । उनले कार्यालयले पहँचकोे आधारमा आफुहरुलाई उठीबास बनाएको उल्लेख गरे । यस क्षेत्रमा बसोबास गर्दै आएका कोही पनि सुकुमकासी छैनन । “सबैको घरजग्गा धेरै छ तर वन कार्यालयले प्रहरी परिचालन गरेर हामीहरुको मात्र टहरा भत्कायो उनले गुनासो गरे ।” यसअघि जिल्ला वन कार्यालय नुवाकोटले जेष्ठ ५ गते आईतबार अतिक्रमण गरि बनाइएका घरटहराहरु हटाउन सबैलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया