मृतक बाबुको नाममा थानसिंह स्वास्थ्य चौकीलाई २ रोपनी जग्गा दान
नुवाकोट जेठ १३, लिखु गाउँपालिकामा मृतक बाबुको सम्झनामा स्वास्थ्य चौकीलाई ३० लाख बराबरको २ रोपनी जग्गा दान गरिएको छ ।
जग्गा दन गर्नेमा वडा नं ६ थानसिंहका भगवती पाण्डे र कल्याणभक्त पाण्डे रहेका छन । उनीहरुले स्वर्गीय नारायणप्रसाद पाण्डेको नाममा जग्गा दान गरेका हुन । जग्गा दान गर्ने भगवती स्वर्गीय नारायणप्रसाद पाण्डेका श्रीमति हुन भने कल्याणभत्त छोरा हुन । वडा नम्बर ६ को थानसिंहमा रहेका सबै सर्वसाधारण जनतामा स्वास्थ्य सेवाको पहुँच पुराउन जग्गा दान गरेको पाण्ड परिवारले बताएका छन । उनीहरुले दान गरेको जग्गा प्रचलित बजार मुल्य अनुसार ३० लाख रुपैयाँ बराबर रहेको छ । दान भएको जग्गा स्वाथ्य कार्यालयको नाममा पास भइसकेको छ । स्वास्थ्य चौकी निर्माण भएमा त्यस भेगका करिव ३ सयभन्दा बढी घरधुरीले सेवा पाउने वडा नम्बर ६ का वडाअध्यक्ष हरिशरण लामिछानेले जानकारी दिए । जग्गा दान गरेका कल्याणभत्त स्वास्थ्यकर्मी संघ नुवाकोटको जिल्ला अध्यक्षसमेत रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया