मृतक बाबुको नाममा थानसिंह स्वास्थ्य चौकीलाई २ रोपनी जग्गा दान

विदुर खबर २०७६ जेठ १३ गते १:०८

नुवाकोट जेठ १३, लिखु गाउँपालिकामा मृतक बाबुको सम्झनामा स्वास्थ्य चौकीलाई ३० लाख बराबरको २ रोपनी जग्गा दान गरिएको छ ।
जग्गा दन गर्नेमा वडा नं ६ थानसिंहका भगवती पाण्डे र कल्याणभक्त पाण्डे रहेका छन । उनीहरुले स्वर्गीय नारायणप्रसाद पाण्डेको नाममा जग्गा दान गरेका हुन । जग्गा दान गर्ने भगवती स्वर्गीय नारायणप्रसाद पाण्डेका श्रीमति हुन भने कल्याणभत्त छोरा हुन । वडा नम्बर ६ को थानसिंहमा रहेका सबै सर्वसाधारण जनतामा स्वास्थ्य सेवाको पहुँच पुराउन जग्गा दान गरेको पाण्ड परिवारले बताएका छन । उनीहरुले दान गरेको जग्गा प्रचलित बजार मुल्य अनुसार ३० लाख रुपैयाँ बराबर रहेको छ । दान भएको जग्गा स्वाथ्य कार्यालयको नाममा पास भइसकेको छ । स्वास्थ्य चौकी निर्माण भएमा त्यस भेगका करिव ३ सयभन्दा बढी घरधुरीले सेवा पाउने वडा नम्बर ६ का वडाअध्यक्ष हरिशरण लामिछानेले जानकारी दिए । जग्गा दान गरेका कल्याणभत्त स्वास्थ्यकर्मी संघ नुवाकोटको जिल्ला अध्यक्षसमेत रहेका छन ।

Advertisement

प्रतिक्रिया