खड्क भन्ज्याङमा भिरवाट लडेर एक जनाको मृत्यु

विदुर खबर २०७६ जेठ १३ गते ०:३९

नुवाकोट जेठ १३, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ खड्क भन्ञ्ज्याङमा भिरबाट लडेर एक स्थानीयको मृत्यु भएको छ ।

Advertisement

खड्कभन्ज्याङको बजारवाट आफनो घर जाँदैै गरेका ४० बषिर्य केदार सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार सुनार भन्ज्याङको स्गानिय वजारवाट घर जादै गर्दा अन्दाजी १५ मिटर तल भिरमा खसी घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको हो ।

Advertisement

प्रतिक्रिया