राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट : मृतकको संख्या ४ पुग्यो
नुवाकोट जेठ १३,आइतबार राजधानीमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। दिउँसो लगभग एकै समयमा भएको सुकेधारा विस्फोटमा परी ३ जना र घट्टेकुलो विस्फोटमा परी १ जनाको मृत्यु भएको हो।
सुकेधारा घटनास्थलमा नै एक जनाको मृत्यु भएको थियो। उपचारका लागि अस्पताल आएका पाँच जनामध्ये २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। अन्य ३ जनाको भने आइसियू कक्षमा उपचार भइरहेको बताइएको छ। उनीहरुको पनि अवस्था गभ्मीर रहेको अस्पताल स्रोतले उल्लेख गरेको छ।
उता घट्टेकुलोमा भएको विस्फोटमा परी अर्का एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सख्त घाइते भएका छन्। घाइते तथा मृतकको पहिचान खुल्न सकेको छैन। आइतबार साँझ उपत्यकाका अन्य ५ स्थानमा पनि बम भेटिएको छ। ४ ठाउँमा भने नेपाली सेनाले डिस्पोज गर्न सफल भएको छ।
स्रोत: नेपाल लाईभ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया