नुवाकोटमा ४५ हजार लाभग्राहीले लिए तेस्रो किस्ताको रकम

विदुर खबर २०७६ जेठ ९ गते २:१५

नुवाकोट जेठ ९, भुकम्प गएको चार वर्ष बितिसक्दा समेत नुवाकोटमा तेस्रो किस्ताको रकम लिने लाभग्राहीको संख्या ४५ हजार मात्र रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना इकाई अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
नुवाकोटमा रहेका ७६ हजार ६ सय लाभग्राहीमध्ये ४५ हजार ६ जनाले मात्र तेस्रो किस्ताबापतको रकम लिएका हुन । त्यस्तै दोस्रो किस्ताबापतको रकम लिने लाभग्राहीको संख्या ६४ हजार ९ सय ५४ रहेको छ भने पहिलो किस्ताबातको रकम लिने संख्या ७२ हजार २ सय २० जना रहेको कार्यालयले जनाएको छ । भुकम्पले क्षति गरेको नुवकोटका अधिकांश घर तथा विद्यालयहरु अझै पनि निर्माण हुन सकेको छैन । नुवाकोटमा रहेका १२ ओटा स्थानिय निकायमध्ये किस्पाङ गाउँपलिकामा सबैभन्दा छिटो पुननिर्माणले गति लिएको छ । किस्पाङ गाउँपालिकामा ४ हजार ७ सय ८८ लाभग्राहीमध्ये ३ हजार ७ सय १७ जना लाभग्राहीले तेस्रो किस्ताको रकम लिएका छन भने दोस्रो किस्तावापतको रकम लिनेमा ४ हजार एकसय ७ र पहिलो किस्ता लिनेको संख्या ४ हजार ३ सय ८७ रहेका छन । त्यस्तै सबैभन्दा कम वेलकोटगढी नगरपालिकामा तेस्रो किस्ता लिनेको संख्या मात्र ३ हजार ५ सय ३५ रहेका छन । ११ हजार ३७ लाभग्राही रहेको वेलकोटगढीमा ९ हजार एकसय ३१ जनाले दोस्रो किस्ता लिएका छन भने पहिलो किस्ताको रकम लिनेको संख्या १० हजार ४ सय १८ रहेको जिल्ला आयोजना इकाई अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

Advertisement

यस्तै १२ हजार ९ सय ३३ जनाा लाभग्राही रहेको विदुर नगरपालिकामा १२ हजार १३ जनाले पहिलो किस्ताबापतको रकम लिएका छन भने १० हजार ९ सय ४८ जनाले दोस्रो र ७ हजार ३ सय ८९ जनाले तेस्रो किस्तावापतको रकम लिएका छन । त्यस्तै ५ हजार ८ सय ८४ लाभग्राही रहेको दुप्चेश्वर गाउँपालिकामा ५ हजार ६ सय ९० जनाले पहिलो, ५ हजार ३ सय ५५ जनाले दोस्रो र ४ हजार ३ सय २१ जनाले तेस्रो किस्ता लिएका छन । ६ हजार ९ सय ९४ लाभग्राही रहेको ककनी गाउँपालिकामा ६ हजार ४ सय ७२ ले पहिलो, ५ हजार ७ सय ४३ जनाले दोस्रो र ३ हजार ७ सय ३१ जनाले तेस्रो किस्ताबापतको रमक लिएका छन । त्यस्तै ५ हजार एइकसय १० लाभग्राही रहेको लिखु गाउँपालिकामा ४ हजार ७ सय ४२ जनाले पहिलो, ४ हजार एकसय १३ जनाले दोस्रो र २ हजार ८ सय २१ जनाले तेस्रो किस्ताको रमक लिएका छन ।

त्यस्तै ४ हजार ५ सय १६ लाभग्राही रहेको म्याघङ गाउँपालिकामा ४ हजार २ सय ७४ जना लाभग्राहीले पहिलो,४ हजार ९५ जनाले दोस्रो र ३ हजार ६ सय ६ जनाले तेस्रो किस्ताको रकम बुझेका छन । ४ हजार ५सय २८ लाभग्राही रहेको पन्चकन्या गाउँपालिकामा ४ हजार २ सय ८३ जनाले पहिलो,३ हजार ७ सय ५९ ले दोस्रो र २ हजार ६ सय ३९ जनाले तेस्रो किस्तावापतको रकम बुझेका छन । यस्तै ६ हजार २ सय २२ लाभग्राही रहेको शिवपुरी गाउँपालिकामा ६ हजार २ सय ३७ ले पहिलो, ५ हजार २ सय ३७ ले दोस्रो र ३ हजार ८ सय ३३ ले तेस्रो किस्ता वापतको रकम बुझेका छन । त्यस्तै ५ हजार २३ लाभग्राही रहेको सुर्यगढी गाउँपालिकामा ४ हजार ८ सय ९६ जनाले पहिलो, ४ हजार २ सय ६१ दोस्रो र २ हजार ९ सय ६ जनाले तेस्रो किस्ता लिएका छन । ४ हजार ५ सय ९२ लाभग्राही रहेको तादी गाउँपालिकामा ४ हजार ४ सय ७२ ले पहिलो र ४ हजार एकसय ३८ जनाले दास्रो र ३ हजार २ सय ६५ जनाले तेस्रो किस्ता वापतको रकम लिएका छन । त्यस्तै ४ हजार ७ सय १३ लाभग्राही रहेको तारकेश्वर गाउँपालिकामा ४ हजार ३ सय ३६ जनाले पहिलो, ३ हजार ९ सय ६७ जनाले दास्रो र ३ हजार ३ सय ४३ जनाले तेस्रो किस्ताबापतको रकम लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना इकाई अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । घर बनाउन कहिले निर्माण सामाग्री त कहिले कामदारको अभाव झेल्दै आएका नुवाकोटका भुकम्पपिडितहरुलाई घर बनाउन विभिन्न समस्या आइपरेको छ । जसले गर्दा नुवाकोटमा अपेक्षित रुपमा पुन निर्माणले गति लिन सकेको छैन । नुवाकोटमा पुन निर्माणले गति लिन नसक्नुमा दक्षजनशत्तिको अभाव पनि मुल कारण रहेको सरोकारवालाहरु बताउँछन ।

Advertisement

प्रतिक्रिया