पहिलोपटक रसुवाकाे पैरेवेशीदेखि नुवाकाेटकाे भैसैसम्म जलयात्रा सम्पन्न
नुवाकोट जेठ ८, जलयात्रामा नयाँ गन्तव्य भन्ने नाराका साथ मंगलबार रसुवाको उत्तरगया गाउँपालिकादेखि नुवाकोटको विदुर नगरपालिकाको भैसैसम्म डुङ्गा यात्रा गरिएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना तथा उत्तरगया गाउँपालिकाको आर्थिक सहयोग र नेपाल एसोसियसन अफ र्याफटिङ एजेन्सीजको प्राविधिक सहयोगमा रसुवा र नुवाकोटमा आन्तरिक प्रर्वद्धन तथा जलस्थल सुरक्षित रहेको जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य बहादुरसिंह लामाले नुवाकोट रसुवाको पर्यटन क्षेत्रको विकासमा यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले नुवाकोट र रसुवामा धेरै संभावना भएपनि प्राविधिक रुपले केही पछाडी परेको भन्दै यस्ता गतिविधिले दुबै जिल्लाको आर्थिक विकासमा टेवा दिने बताए । कार्यक्रममा प्रतिनिधिसभाका अर्का सदस्य मोहन आचार्यले उत्तरगया धामको धेरै ठुलो महत्व रहेको भन्दै यस क्षेत्रलाई सबैले जोगाउन एकजुट भएर लाग्नुपर्ने बताए । उनले रसुवा र नुवाकोटमा निकै प्रगाढ सम्बन्ध रहेको भन्दै दुबै जिल्लाको मुहार पर्यटन क्षेत्रबाट मात्र फेर्न सकिने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेम तामाङले ¥याफटिङ व्यवसाय संचालन भएमा दुबै जिल्लामा कोसेढुङ्गा सावित हुने बताए । उनले शुरुवात मात्र हुनु राम्रो नरहेको भन्दै निरन्तर संचालन गर्नुपर्ने बताए । त्यस्तै पर्यटन बोर्डका सदस्य दिपक महतले नुवाकोट र रसुवामा ¥याफटिङ व्यवसायको प्रचुर संभावना रहेको भन्दै पानीको वहाव बढेमा देविघाटसम्म संचालन गर्न ुसकने बताए । उनले नदिलाई स्वतन्त्र बग्न दिनुपर्ने भन्दै सधै जलविद्युत मात्र भनेर वस्न नहुने धारणा व्यक्त गरे । यस्तै उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले उत्तरगया धाम क्षेत्रमा जनताले जलविद्युत आयोजना नचाहेको भन्दै ¥याफटिङ व्यवसाय संचालन गरेमा फाइदा हुने बताए ।
त्यस्तै सो कार्यक्रममा रसुवा–नुवाकोट पर्यटन समाजका वरिष्ट उपाध्यक्ष शिव लामिछानेले जलयात्रा संकटमा परेको र त्यसको संभावना नुवाकोट,रसुवामा भएकोले त्यसको प्रर्वद्धनको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले जिल्लामा ¥याफटिङ व्यवसाय संचालन भएमा व्यवसायी र स्थानियबासीले यसबाट आर्थिक लाभ पाउन सक्ने बताए । उनले प्रकृतिले दिएको नदिको भरपुर प्रयोग गरेमा सबैको आर्थिक अवस्था परिवर्तन हुने बताए ।४ ओटा डुङ्गामा करिव ३५ जनाले पैरेवेशीदेखि भैसैसम्म यात्रा गरेका थिए । यात्रामा प्रतिनिधिसभाका सदस्य बहादुरसिंह लामा, नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतलगायतले यात्रा गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया