पोके व्यापारीलाई समाउँदै उद्योग वाणिज्य संघ

विदुर खबर २०७६ जेठ ७ गते ३:५०

नुवाकोट जेठ ७, नुवाकोट उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न स्थानमा विना कागजी प्रकृया पुराएर सामानहरु बेचविखन गर्ने पोके व्यापारीहरुलाई समाउन थालेको छ ।

Advertisement

संघको गत वैशाख ३ गते बसेको बैठकले जिल्लाका विभिन्न स्थानमा व्यापारका लागि हिँड्ने गरेका व्यापारीहरुलाई करको दायरामा ल्याउने निर्णय गरेसँगै पोके व्यापारीहरुलाई नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीले समाउन थालेका हुन । संघकाले दुई दर्जनभन्दा बढी पोके व्यापारी समातेर पहिलो पटकको लागि चेतावनि दिएर छाडिदिएको छ ।पोके व्यापारीका कारणले बैधानिक प्रक्रिया पुराएर व्यापार गरिरहेका व्यवसायीहरुको हित नहुने भन्दै समाउन थालिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

पोके व्यापारीले स्थानिय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानिय व्यापारीहरुकै आग्रहमा पोके व्यापारी समाउन थालिएको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया