नुवाकोटमा अतिक्रमण गरेर बनाइएका सबै घरटहरा हटाईने

विदुर खबर २०७६ जेठ ७ गते ३:४७

नुवाकोट जेठ ७, विदुर नगरपालिका वडा नम्बर २ वनदेविमा रहेको वनदेवि सामुदायिक वन अतिक्रमण गरेर बनाइएका घर टहरा खाली जगरे बल प्रयोग गरेर भएपनि खाली गरिने भएको छ ।

Advertisement

जिल्ला वन कार्यालय नुवाकोटले आइतबार सार्वजनिक सुचना जारी गर्दे १० दिनभित्र सामुदायिक वन खाली गर्न आग्रह गरेको छ । अतिक्रमण गरि बनाइएका घरटहराहरु आफै नहटाएमा वल प्रयोग गरेर भएपनि जग्गा खाली गरिने जिल्ला वन कार्यालय नुवाकोटका निमित्त डिभिजन वन अधिकृत राजकुमार यादवले जानकारी दिए । उनले विना ईजाजत अवैध तरिकाले घरहरु निर्माण गरि वसेकोमा वन ऐन,२०४९ को दफा ४९ को उपदफा (क) विपरित भएकोले उक्त क्षेत्र अतिक्रमण गरि बनाइएका घरहरु तत्काल खाली गर्नुपर्ने बताए ।

वन अतिक्रमण रणनिति २०६८ वमोजम निर्माण भएको अतिक्रमण समितिको निर्णय अनुसार अतिक्रमण भएको सामुदायिक वनको जग्गा तत्काल खाली गर्न गत साता जिल्ला वन कार्यालयलाई आग्रह गरिएको थियो । समितिको आग्रहपछि जिल्ला वन कार्यालयले तत्काले सम्बन्धित निकायलाई अतिक्रमण गरेको स्थानमा बनाएका घरटहरा हटाएर सहयोग गर्न आग्रह गरेको जिल्ला वन कार्यालयका रेन्जर लोकनाथ न्यौपानेले जानकारी दिए । विदुर नगरपालिका वनदेवि र जिल्ला प्रशासन अगाड िअतिक्रमण गरी बनाइएका घरहरु झन्डै एक दर्जनभन्दा बढी रहेको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि वसेको सर्वपक्षिय बैठकले विदुर नगरपालिका वडा नम्बर २ वनदेवि सामुदायिक वनमा अतिक्रमण गरि बनाइएको घर टहरा भत्काएर जिल्लाभर सकरात्मक सन्देश फैलाउनुपर्ने माग उठेको थियो ।

Advertisement

प्रतिक्रिया