जफती र शान्तिबजारमा बिस्थापीतका लागि घर निर्माण हुँदै

विदुर खबर २०७६ जेठ ७ गते २:३१

नुवाकोट जेठ ७,अक्सफाम र सहायता सामाजिक संस्थाको साझेदारीमा नेपाल भूकम्प पुर्नलाभ तथा पुननिर्माण कर्यक्रम अन्तर्गत आन्तरीक बिस्थापीतको लागि जफतीमा १८ र शान्तिबजारमा ३७ घर निर्माण भइरहेको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ९ जफतीमा र किस्पाङ गाउँपालिका वडा नम्बर वडा नंं ५ शान्तिवजारमा साविवकको भाल्चे गाविसवाट बिस्थापित भई आएका १८ घरधुरी तथा रसुवा जिल्लाको विभिन्न क्षेत्रवाट विस्थापीत भई आएका ३७ घरधुरीको लागी एकिकृत वस्ती निर्माण कार्य भइरहेको सहायता सामाजिक संस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले जानकारी दिइन । परियोजनाले विदुर नगरपालिकाको जफतीमा दुई कोठे र तीन कोठे घरहरु निर्माण सम्पन्न गरेको छ । घरको प्रति लागत ७ लाख २५ हजार रुपैयाँ रहेपनि ७ लाख रुपैयाँमा घर निर्माण सम्पन्न भएको सहायता सामाजिक संस्थाले जानकारी दिएको छ ।

त्यस्तै परियोजना अन्र्तगत किस्पाङ गाउँपालिकाको वडा नम्बर ५ शान्तिबजारमा ३७ घरहरु निर्माण गरिरहेको छ । दुई कोठे र तीनकोठे घर निर्माण भइरहेको उत्त स्थानमा रसुवाको विभिन्न स्थानबाट विस्थापित भएकाहरुको लागि निर्माण गरिएको हो । घर निर्माणका लागि प्रत्येक परिवारले निर्माण अवधिभर श्रमदान गर्ने व्यवस्था समेत गरिएको छ । सहायताले त्यस क्षेत्रमा घर पुननिर्माण सँगसँगै वरिपरिको वस्तीलाई लक्षित गरी कुलो निर्माण र जीविकोपार्जनको लागि कुखुरापालन,खोर निर्माणमा समेत सहयोग गरेको छ । अक्सफाम र सहायता सामाजिक संस्थाको साझेदारीमा यसअघि साबिकको रालुकादेवी, वुधसीं, खड्कभञ्याङ र सामरी गाबिसमा भुकम्प पिडितको लागि मानविय सहयोग कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई, जिविकोपार्जन , घरवास सहयोग ,लैङ्गिक तथा संरक्षण र विपद जोखिम न्यूनीकरण लगायतका कार्यक्रमहरु संचालन भएको थियो ।

Advertisement

प्रतिक्रिया