शिवपुरीमा ६० वर्ष काटेका हजुरआमाहरु कखरा सिक्दै
नुवाकोट जेठ १,शिवपुरी गाउँपालिका वडा नम्बर ७ ड्म्रेका हजुरआमाहरु अहिले कखरा सिक्न थालेका छन ।
अनौपचारिक शिक्षा केन्द्र काठमाण्डौ र आधारशिला तालिम केन्द्रले आमाहरुका लागि कखरा सिक्ने व्यवस्था मिलाएको हो । जीवनको आधा दशक पार गरेका हजुरआमाहरु अहिले हातमा सिसाकलम र कपि बोकेर विद्यालयमा पौढ शिक्षा लिन आउन थालेका छन ।
सानो हुँदाा घाँस दाउरा गर्नमै व्यस्त भइयो, त्यसपछि घरपरिवार बालबच्चा भन्यो पढ्ने फुर्सद भएन । अहिले बुढेसकालमा फुर्सद भएकोले पढ्न आउन थालेको शिवपुरी गाउँपालिका वडा ७ डुम्रेकी ६८ वर्षिय खेलकुमारी पाण्डेले भनिन । उनले स्थानिय तहले दिने सेवा सुविधा समेत बैकबाट दिन थालेपछि आफुहरु पढ्न आउन थालेको बताइन । वृद्धभत्ता समेत बैकबाट नै भुक्तानी हुने गरेकोले अहिले नियमित पौढ कक्षामा बस्ने थालेको उनले बताइन ।
त्यस्तै डुम्रेकी ६२ वर्षिय अनिता ठकुरी नाम लेख्न जान्ने भएपनि नियमति पौढ कक्षामा पढ्न आउने गरेको बताउँछिन । नाम लेख्न त आउँछ तर अझै बढी जान्ने इच्छा भएर पौढ कक्षा पुन लिन आएको उनको भनाई छ । उनले यसअघिका अनौपचारिक शिक्षा कार्यक्रममार्फत नै नाम लेख्न जानेको बताइन । जीवनको उत्तरार्धमा किन पढ्न आउनुभएको त ? भन्ने प्रश्नमा हजुरआमाहरुले सरकारले दिने सेवा सुविधा लिन र अक्षर चिन्न कखरा सिक्न आएको बताए ।
अनौपचारिक शिक्षा केन्द्र काठमाण्डौ र आधारशिला तालिम केन्द्रले संचालन गरेको पौढ कक्षामा अहिले दुई समुहमा गरी ४० जना हजुरआमा र आमाहरु पढिरहेको सिद्धेश्वर महिला समुहकी शिक्षिका अनिता ठकुरीले जानकारी दिइन । ३ महिनासम्म संचालन हुने आधारशिला शिक्षा कार्यक्रम वैशाख १० गतेबाट संचालन भइहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया