त्रिशुली थ्री ए जलविद्युतको टावर निर्माणको क्रममा एकको मृत्यु
विदुर खबर
२०७६ जेठ १ गते ०:४६

नुवाकोट जेठ १, नुवाकोटको लिखु गाउँपालिका वडा नं ३ चौखडा स्थित त्रिशुली थ्री ए जलविद्युतको टावर बनाउने क्रममा माथिबाट सामान खस्दा तल बसेका एक चिनिया नागरिकको मंगलबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा चिनिया नागरिकको हियोझ्याङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।उनको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया