कालिका माविमा राजनिती, विद्यालयको वार्षिक उत्सव नेकपाद्धारा बहिस्कार
नुवाकोट वैशाख ३१,नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको कालिका माध्यामिक विद्यालयको ६६ औ वार्षिक उत्सव कार्यक्रममा राजनितिक रंग देखिएको छ ।
आफु निकटको प्रमुख अतिथि नल्याएको भन्दै नेकपा निकटका जनप्रतिनिधिले विद्यालयको वार्षिक उत्सव तथा अभिभावक भेला वहिस्कार गरेको विद्यालयका एक शिक्षकले बताए । तर आफुहरुलाई विद्यालयका प्रध्यानाअध्यापक पुरुषोतम प्याकुरेलले निमन्त्रणा दिँदा राम्रोसँग सम्बोधन नगरेकोले कार्यक्रममा नगएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । मेयर पण्डितले विद्यालय स्थानीय तहको मातहतमा आएपनि विद्यालयका प्रह प्याकुरेलको काम गर्ने शैलि नभएको भन्दै असन्तुष्टी व्यत्त गरे । तर निमन्त्रणा गर्दा उचित तरिकारले सत्कार नगरेको भनिएपनि प्रमुख अतिथि आफ्नो पार्टी निकटका सांसदहरुलाई नबनाएको भन्दै विदुर नगरपालिका र वडाका प्रतिनिधिहरुले कार्यक्रम वहिस्कार गरेको विद्यालय स्रोतको भनाई रहेको छ ।
त्यस्तै विद्यालयको वार्षिकउत्सव कार्यक्रममा विदुर नगरपालिकाका वडा नम्बर ११ की दलित महिला सदस्य कान्छी मीजारवाहेक अन्य आएका थिएनन । वडाअध्यक्ष तोयानाथ तिमिल्सेना बुवाको उपचारको लागि काठमाण्डौमा रहेका छन । त्यस्तै वडा सदस्य ईश्वरी चालिसे कार्यव्यवस्ताले विद्यालयको वार्षिक उत्सव कार्यक्रममा आउन नसकेको प्रतिक्रिया दिए । उनले महिला सदस्य रेखा लामा औसीमा माइत गएको र अझै नफर्केको बताए भने अर्का वडा सदस्य कृष्ण प्रसाद न्यौपानेले वडामा काम गर्नुपर्ने भएकोले आउन नसकेको चालिसेले बताए । तर गाउँको शैक्षिक विकासमा महत्वपुर्ण भुमिका खेलेको विद्यालयको वार्षिक उत्सवमा राजनिति रंग देखाउन नहुने. अभिभावकहरुले बताएका छन । पछिल्लो समय विदुर नगरपालिका,वडा कार्यालय , विद्यालय व्यवस्थापन समिति र प्रध्यानाअध्यापकको कारण विद्यालयको शैक्षिक वातावरणमा समेत असर पर्दै गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया