व्यवसायिक उत्पादनले समाजको आर्थिक अवस्था परिवर्तन गर्न सकिने

विदुर खबर २०७६ वैशाख ३१ गते ०:४१

नुवाकोट वैशाख ३१,सबैले व्यवसायिक उत्पादनमा ध्यान दिएमा समाजको आर्थिक अवस्था परिर्वतन गनृ सकिने सरोकारवालाहरुले बताएका छन ।

Advertisement

नुवाकोट उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको व्यवसायिक योजना निर्माण तथा उद्योमी र वित्तिय संघसंस्थाबीच अन्र्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले उक्त धारणा राखेका हुन । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सबैको उदेश्य गाउँघरमा वसेर पेशा व्यवसाय गर्न पाउनु रहेको बताए । उनले भविष्यको लागि तयार पारिएको योजनालाई तालिमपछि साकार पार्न आग्रह गरे । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले तालिमले दक्ष जनशक्ति उत्पादनले जिल्लाको आर्थिक गतिविधिमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै सो कार्याक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका निर्देशक विजय भट्टराईले जहाँ जाँदा पनि व्यवसायिक योजना चाहिँने भन्दै योजना लिएर अगाडी बढ्न आग्रह गरे । उनले योजनाविना उद्यमी व्यवसायमा लागेमा दुख पाउने धारणा व्यक्त गरे । नुवाकोट उद्योग वाणिज्य संघ र पुर्णिमा कार्यक्रम अन्र्तगत जिल्लाको शिवपुरी,दुप्चेश्वर, तादी र विदुर नगरपालिकामा युवा उद्योमीहरु छनौट गरि तालिममार्फत २७ जना युवा उद्योमी छनौट भएको र २३ जना युवा उद्योमीहरुलाई बैक तथा वित्तिय संस्थाले क्रृण सहजीकरण गरेको पुर्णिमा कार्यक्रम नुवाकोट रसुवा संयोजक चन्द्र आलेले बताए । युवाहरुलाई योजना बनाएर काम गर्न तथा बैक तथा वित्तियसंस्थासँग समन्वय गर्न कार्यक्रम संचालन गरिएको पुर्णीमा कार्यक्रमका चक्रपाण्ी तिमिल्सेनाले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया