त्रिशुलीदेखि ढुङ्गेसम्म बजार अनुगमन, अखाध्य वस्तु भेटियो

विदुर खबर २०७६ वैशाख ३१ गते ०:२४

नुवाकोट वैशाख ३१,संयुत्त बजार अनुगमन समितिले सोमबार विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली र ढुङ्गेमा रहेका खाद्य तथा पसलहरुको अनुगमन गरेको छ ।

Advertisement

अनुगमनको क्रममा अखाद्य वस्तु भेटिएको संयुक्त अनुगमन समितिका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीको नेतृत्वमा गएको संयुक्त अनुगमनको टोलीले ३६ पुलमा अनुगमन गर्दा ८ पसलहरुमा अखाद्य तथा म्याद गुज्रिएका वस्तु र किरा परेको जुस फेला पारेको संयुत्त अनुगमन टोलीले जानकारी दिएको छ । त्यस्तै अनुगमनको क्रममा म्याद गुज्रिएका अर्ना वियर, कुरकरे, दालमोठ, बिस्कुट, सुर्ति, आलु चिप्स,ग्लुकोज लगायतका खाद्य तथा पेय पदार्थ भेटिएको थियो । म्याद गुज्रेका खाद्य तथता पेय पदार्थहरु जफत गरि जिल्ला प्रशासन कार्यालयमा नष्ट गरिएको छ । अनुगमनको क्रममा त्रिशुलीका केही मासु पसलमा फोहोर भेटिएको तथा केही किराना पसल विना दर्ता संचालनमा आएको भन्दै पहिलो चरणामा सम्झाएर छाडिएको घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका निर्देशक विजय भट्टराईले जानकारी दिए । अनुगमनको क्रममा केही किराना पसलमा विना अनुमति मट्टितेल समेत विक्रीको लागि राखिएको थियो उनीहरुलाई एक साताको म्याद दिएर हटाउन जिल्ला प्रहरी कार्यालयलाई समितिले निर्देशन समेत दिएको छ ।

बजार अनुगमनपछि समितिको बैठकले आगामी दिनमा अनुगमन कार्यक्रमलाई तिव्र पार्ने निर्णय गरेको छ । बैठकमा उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रवहादुर पण्डितले उपभोत्ताको हित र स्वास्थ्यप्रति संवेदनशिल हुँदै आगामी दिनमा पनि अनुगमन तिव्र पार्नुपर्ने बताए । पण्डितले अनुगमन शहर केन्द्रित मात्र नभई गाउँगाउँमा पुग्नुपर्ने उल्लेख गरे । त्यस्तै खाद्य तथा गुण नियन्त्रण विभागका निमित्त प्रमुख नवराज श्रेष्ठले जिल्लामा भएका खाद्य तथा किराना पसलहरुमा निरन्तर निगरानी बढाएर उपभोत्ताको स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताए ।

Advertisement

अनुगमनमा मत्स्य अनुसन्धान केन्द्रका विशेषज्ञ अर्जुनबहादुर थापा, विदुर नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमाल,नुवाकोट उद्योग वाणिज्य संघकी कञ्चन रिमाल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र पत्रकारहरुको उपस्थिति रहेको थियो । समितिले छलफल गरि केही दिनमा पुन अन्य क्षेत्रमा समेत अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया