उद्यम विकास समितिद्धारा लिखु र सूर्यगढीमा संचालन भइरहेको तालिमको अनुगमन

विदुर खबर २०७६ वैशाख ३० गते १:२९

नुवाकोट वैशाख ३०, गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सुर्यगढी र लिखु गाउँपालिकामा संचालित ३ महिने सिलाई बुनाई तालिमको आइतबार जिल्ला उद्यम विकास समितिले अनुगमन गरेको छ ।

Advertisement

लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुको आयोजनामा तालिमको अनुगमन भएको हो । समितिले लिखु गाउँपालिका वडा नम्बर ५ छहरे र सुर्यगढी गाउँपालिका वडा नम्बर ३ हिलेमा अनुगमन गरेको हो । दुबै गाउँपालिकाको अनुगमनको क्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले सरकारले निकै धेरै लगानी गरेर तालिमको आयोजना गरेको भन्दै प्रशिक्षणपछि व्यवसायिक रुपमा काम गर्न आग्रह गरे । त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका निर्देशक विजय भट्टराईले वडामा संचालित सिलाईबुनाई तालिम विल्कुलै नयाँ भएको भन्दै तालिपछि व्यवसायिक योजना बनाएर अघि बढ्न आग्रह गरे । भट्टराईले सरकारले उद्योग दर्ता गर्न महिलाहरुलाई एकरोड रुपैयाँसम्म राजस्व छुट दिएको भन्दै त्यसबाट महिलाहरुले लाभ लिनुपर्ने बताए ।

त्यस्तै सो कार्यक्रममा जिल्ला लघु उद्यमी संघकी अध्यक्ष गीता थापाले काम गर्दा लागत साझेदारी अनुसार काम गरेमा सहज हुने बताइन । उनले तापलमपछि व्यवसायिक उत्पादन नगरेसम्म सफतला निमल्ने उल्लेख गरिन । त्यस्तै नेपाल घरेलु उद्योग महासंघ नुवाकोटका अध्यक्ष सिताराम रिमालले तालिमबाट सिकेका शिपबाट बजारमा बिक्न सकेमा मात्र तालिमले सार्थकता पाउने बताए । त्यस्तै जिल्ला समन्वय समितिकी सदस्य सुविना प्रधानले सिकेका शिपलाई दिगो बनाउन आग्रह गरिन । उनले महिलाहरुलाई सक्षम र व्यवसायिक वनाउन स्थानियतहले विविध किसिमका कार्यक्रम ल्याउने गरेको बताइन ।
कार्यक्रममा विदुर नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले तालिमबाट पाएको प्रमाणपत्र विहे गर्ने सर्टिफिकेट मात्र भएको बताए । लिखु गाउँपालिका वडा नम्बर ५ छहरेमा भइरहेको सिलाई बुनाई तालिममा ३२ जना महिला र सुर्यगढीको हिलेमा १६ जना महिला सहभागी भएका छन । तालिममा सहभागी भएकाहरुलाई खाजा खर्च र सिकार्यको लागि कच्चा सामाग्रीको समेत व्यवस्था गरिएको लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष लिलानाथ आचार्यले जानकारी दिए । उनले जिल्लाको विभिन्न सात स्थानिय तहमा महिलाहरुको जीवीकोपार्जनको लागि विविध तालिमको आयोजना गरिरहेको जानकारी दिए । नुवाकोटको १२ बट्टै स्थानिय तहमा गरिवी निवारणको लागि लघु उद्यम विकास कार्य अन्र्तगत कोडेब्पस र लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाले काम गर्दै आएका छन ।

Advertisement

यसैबिच अनुगमन समितिले घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको आयोजनामा पन्चकन्या गाउँपालिका वडा नम्बर २ र तादी गाउँपालिका वडा नम्बर ५ मा संचालन गरेको सिलाई बुनाई तालिमको समेत अवलोकन गरेको छ । तादी गाउँपालिकाका वडा नम्बर ५ मा संचालन भइरहेको तालिममा १० जना दलित महिला र प्रशिक्षक समेत दलित नै रहेको कार्यालयका निर्देशक भट्टराईले जानकारी दिए । त्यस्तै पन्चकन्या गाउँपालिकामा संचालित तालिममा ११ जना महिलाहरु सहभागी छन ।

प्रतिक्रिया