लिखुमा टिफर आतंक,टिफरको ठक्करबाट शुत्रवार मात्रै दुई घाईते
विदुर खबर
२०७६ वैशाख २७ गते १६:२७
नुवाकोट वैशाख २७, लिखू गाउपालिका वडा नं. ६ बच्छला माध्यामिक विद्यालय नजिकै (टोखा–छहरे सडक खण्डमा) टिफरको ठक्करबाट दुई जना घाईते भएका छन ।
गुर्जेबाट आउदै गरेको बा ४ ख ३९२४ नं.को ट्रिफरले विपरित दिशाबाट आउदै गरेको बा ८७ प १०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पन्चकन्या गाउपालिका वडा नं.२ का कुमार तामाङ र लिखु गाउपालिका वडा नं. ६ छहरे बस्ने शरण बिक घाईते भएका छन ।
घाइते तामाङ र विकको हात र खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्डौ लागिएको छ ।
घटनापछि टिफर चालक ओखलढुङ्गा घर भई काठमाण्डौको मुलपानी बस्ने कर्मा तामाङ र ट्रिफर ईलाका प्रहरी कार्यालय ढिकुरेले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया