लिखुमा टिफर आतंक,टिफरको ठक्करबाट शुत्रवार मात्रै दुई घाईते

विदुर खबर २०७६ वैशाख २७ गते १६:२७

नुवाकोट वैशाख २७, लिखू गाउपालिका वडा नं. ६ बच्छला माध्यामिक विद्यालय नजिकै (टोखा–छहरे सडक खण्डमा) टिफरको ठक्करबाट दुई जना घाईते भएका छन ।

Advertisement

गुर्जेबाट आउदै गरेको बा ४ ख ३९२४ नं.को ट्रिफरले विपरित दिशाबाट आउदै गरेको बा ८७ प १०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पन्चकन्या गाउपालिका वडा नं.२ का कुमार तामाङ र लिखु गाउपालिका वडा नं. ६ छहरे बस्ने शरण बिक घाईते भएका छन ।

घाइते तामाङ र विकको हात र खुट्टा फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाण्डौ लागिएको छ ।

Advertisement

घटनापछि टिफर चालक ओखलढुङ्गा घर भई काठमाण्डौको मुलपानी बस्ने कर्मा तामाङ र ट्रिफर ईलाका प्रहरी कार्यालय ढिकुरेले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया