सरकारसंग देश चलाउने कौशल नभएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको भनाई

विदुर खबर २०७६ वैशाख २७ गते १५:४१

नुवाकोट बैशाख २७ ,नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले बर्तमान सरकारसंग देश चलाउने कौशल नभएको बताउँदै गफ र पुरा नहुने नाराको भरमा मात्र शासन गर्ने सरकारका कारण जनतामा पुरै निरासा छाएको टिप्पणी गरेका छन् । कम्युनिष्ट नेतृत्वको सरकार गफ गर्ने काम नगर्ने प्रमाणित भएकाले जनताले मुक्ति खोज्न थालिसकेको महतको भनाई छ । शुक्रवार नेपाल प्रेस युनियनले बिदुरमा आयोजना गरेको पत्रकार भेटघाटमा काँग्रेस सह–महामन्त्री महतले सरकारको नीति तथा कार्यक्रम खोक्रो नारा मात्र भएको उल्लेख गर्दे गत बर्ष रोजगारी सिर्जना गरेको कुनै सार्थक तथ्याँक दिन नसक्ने सरकारले यस बर्ष पाँचलाख रोजगारी सिर्जना गर्छु भन्नुको कुनै तुक नरहेको बताए ।

Advertisement

बर्तमान सरकारका कारण संस्थागत भष्ट्राचार गरेको र सरकारका नेतृत्वकर्ताहरु काण्डै काण्डमा मुछिएको बताउँदै त्यसक्रममा डाक्टर महतले सरकार सबै क्षेत्रमा असफल बन्दै गएपछि मिथ्याँकहरु सार्वजनिक गरिन थालिएको जिकिर समेत गरे । पछिल्लो समय सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरि ल्याउन लागेको मिडिया काउन्सिल संबन्धि ऐन लोकतन्त्र समाप्त पार्ने कुचेष्टा भएकाले काँग्रेसले उक्त कदमको सशक्त प्रतिरोध गर्ने समेत महतले स्पष्ट पारे ।
संचारकर्मीहरुको अर्को एक प्रश्नमा काँग्रेस नेता महतले काँग्रेसमा ब्यक्तिवादी प्रबृत्ती हावी भएकाले पार्टी जीवनमा असर परेको बताउँदै सबै तहमा रहनेहरुले अनुशासन,साँगठनिक मर्यादा,आदर्श र बिचारलाई मात्र महत्व दिए आउने निर्वाचनमा सहजै जित हासिल हुने दावी गरे ।

पार्टीको बर्तमान नेतृत्व सबै कार्यकर्ताको काम अनुसार मुल्याँकन हुन्छ भन्ने मान्यता स्थापित गराउन दृढ रहेको बताउँदै पार्टीका सबै पक्षको चित्त बुझाउन खोज्दा अपेक्षित रुपम साँगठनिक सुदृढिकरणका कामहरुमा केही ढिलाई भएका महतको स्वीकारोक्ती छ ।

Advertisement

प्रतिक्रिया