विदुर नगरपालिका क्षेत्रभित्र पशुबिमा कार्यक्रम लागु हुने

विदुर खबर २०७६ वैशाख २६ गते ०:२४

नुवाकोट वैशाख २६, विदुर नगरपालिका र आईएमई जनरल ईन्सुयुरेन्स कम्पनी लिमिटेडबीच नगरपालिका भरिका क्षेत्रभित्रका किसानलाई समेटेर पशुविमा कार्यक्रम लागु गर्ने सहमति पत्रमा मंगलबार सहमति भएको छ ।

Advertisement

विदुर नगरपालिकाले पत्रकार सम्मेलन गदै इन्स्युरेन्स कम्पनीसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेको हो । समझदारी पत्रमा विदुर नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाई र ईन्स्युरेन्सको तर्फबाट सहायक महाप्रबन्धक मोनिन्द्रकुमार ठाकुरले संयुत्त रुपमा हस्ताक्षर गरे । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले कृषकको पशुधनको रक्ष गर्न नगरपािलका क्षेत्रभित्र पशुबिमा कार्याक्रम लागु गरेको बताए । उनले पशुबिमा कार्यक्रमले कृषकहरुको क्षति कम गर्ने भएकोले सबै किशानहरुलाई पशुबिमा कार्यक्रमबाट फाइदा लिनुपर्ने बताए । त्यस्तै उपप्रमुख गीता दाहालले साविकका ५ गाविसका किसानहरुमाझ पशुबिमा अझै प्रभावकारी हुन नसकेको बताइन । उनले बिमाको महत्व र प्रभावको बारेमा जानकारी गराउनुपर्ने उल्लेख गरिन ।

त्यस्तै आईएमई जनरल ईन्स्युरेन्सका सहायक महाप्रबन्धक मोनिन्द्रकुमार ठाकुरले पशुबिमा कार्यक्रम लागु गर्दा आफुहरुले नगरपालिकाका प्राविधकहरुको सल्लाहमा पशुहरुको मुल्याङकन गर्ने बताए । उनले पशुबिमा कार्यक्रममा सहभागि भएका किसानहरुले क्षतिपुर्ती माग गरेको एकहप्ताभित्रमा क्षतिपुर्ती दिने व्यवस्था मिलाइएको जानकारी दिए । कार्यक्रममा कृषक वलराम अर्यालले पशुबिमा कार्यक्रम लागु हुनु किसानको लागि सुखद भएपनि बिमा कम्पनीहरुले पशुको मुल्याङक गर्दा कम मुल्याकङ गर्ने र क्षतिपुर्ती बापत पाउने रकम ढिलो पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा पशुबिमा कार्यक्रम लागु भएपछि सबै प्रकारका किसान र पशुहरुलाई समेट्न सकिने विदुर नगरपालिकाको कार्यालयले दाबी गरेको छ । नगरपालिकाले आगामी दिनमा कृषि विमाको पनि व्यवस्था गर्ने जानकारी दिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्न सरकारले पशुबिमा कार्यक्रममा भ्याट निशुल्क गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया