विदुर नगरपालिका मेयर कप फुटवलको फाइनलमा

विदुर खबर २०७६ वैशाख २१ गते १२:४७

नुवाकोट वैशाख २१, नुवाकोटको बट्टारमा जारी विदुरमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिता फाइनलमा नुवाकोटको विदुर नगरपालिका प्रवेश गरेको छ ।

Advertisement

केही वेरअघि सम्पन्न खेलमा खेल शुरु भएको ६ मिनेट देखिनै १० खेलाडीमा सिमित नुवाकोटको विदुर नगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलका विदुरका लागि विकास तामाङले २ गोल गरे भने आशिष लामाले एक गोल प्रहार गरे ।

त्यस्तै मेलम्ची नगरपालिकाको लागि युवराज ढकालले सात्वना गोल गरे । खेलेको म्यान अफ दी म्याच विदुरको लागि दुई गोल गरेका विकास थापामगर घोषित भए । फाइनलमा उपाधिको लागि नुवाकोटले सोमबार काठमाण्डौको बढानिलकण्ठ नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

प्रतिक्रिया