ककनी गाउँपालिकाद्धारा एकसय सत्र वर्षिय लामीछानेलाई प्रत्येक महिना १० हजार दिने निर्णय
नुवाकोट वैशाख १७,ककनी गाउँपलिका वडा नम्बर ८ कि एकसय १७ वर्षिय बाटुली लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
लामिछानेलाई गाउँपालिकाले पालन पोषण, रेखदेख गर्नको लागि यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख मानवहादुर लामाले जानकारी दिए । गाउँपालिकाका प्रमुख लामाले लामिछाने गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको बताए ।
विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला भनेर दाबी गरिएकी बाटुलीलाई गिनिज बकु वल्र्ड रेकर्डमा समावेश गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई पत्र पठाएको गाउँपालिकाकी उपप्रमुख सीता खतिवडाले बताइन । खतिवडाका अनुसार लामिछानेलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि ह्वील चियर समेत वितरण गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया