ककनी गाउँपालिकाद्धारा एकसय सत्र वर्षिय लामीछानेलाई प्रत्येक महिना १० हजार दिने निर्णय

विदुर खबर २०७६ वैशाख १७ गते १:२५

नुवाकोट वैशाख १७,ककनी गाउँपलिका वडा नम्बर ८ कि एकसय १७ वर्षिय बाटुली लामिछानेलाई ककनी गाउँपालिकाले मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

Advertisement

लामिछानेलाई गाउँपालिकाले पालन पोषण, रेखदेख गर्नको लागि यहि वैशाख महिनादेखि मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख मानवहादुर लामाले जानकारी दिए । गाउँपालिकाका प्रमुख लामाले लामिछाने गाउँपालिकाकै सबैभन्दा बढी उमेरको अभिभावक भएको भन्दै उनको संरक्षकत्व ग्रहण गर्नु गाउँपालिकाको कर्तव्य भएको बताए ।

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला भनेर दाबी गरिएकी बाटुलीलाई गिनिज बकु वल्र्ड रेकर्डमा समावेश गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई पत्र पठाएको गाउँपालिकाकी उपप्रमुख सीता खतिवडाले बताइन । खतिवडाका अनुसार लामिछानेलाई गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि ह्वील चियर समेत वितरण गरेको छ ।

Advertisement

प्रतिक्रिया