स्वाबलम्बन बिकास केन्द्रद्वारा पन्चकन्या गाउँपालिकामा दुई सय ५५ घर निर्माण

विदुर खबर २०७६ वैशाख १६ गते १५:२७

नुवाकोट वैशाख १६,माल्टेजर ईन्टरनेशनलको आर्थिक सहयोगमा ग्रामीण स्वाबलम्बन बिकास केन्द्र नेपालले पन्चकन्या गाउँपालिकामा दुई सय ५५ घर निर्माण गरेको छ ।

Advertisement

जिल्ला समन्वय समितिले आइतबार छहरेमा आयोजना गरेको जिल्ला परियोजना सल्लाहकार समितीको बैठकमा केन्द्रले पन्चकन्या गाउँपालिका वडा नम्बर १ मा संचालित प्रकोप प्रतिरोधी सामुदायिक सहयोग परियोजना अन्र्तगत दुई सय ५५ घर निर्माण गरेको ग्रामीण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका परियोजना संयोजक दिलिप खवासले बताए । खवासले विभिन्न गाउँपालिकाको पाँच वडामा घर निर्माणको क्रममा राहात रकमभन्दा बढी खर्च हुने लगायतको समस्या देखिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख अप्सरा थापाले केन्द्रले तीन गाउँपालिकाको सातओटा वडामा गरेको कामप्रति आफु सन्तुष्ट भएको बताइन । सो कार्यक्रममा पन्चकन्या गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मणिनाथ लामिछानेले अनुदानको लागि गुनासो पठाउँदा लापरवाही भएको बताए । उनले ग्रामीण स्वाबलम्बन बिकास केन्द्रले गाउँपालिकामा राम्रो काम गरेकोले आगामी दिनमा पनि अन्य राम्रो काम ल्याउन आग्रह गरे । लामीछानेले रााष्ट्रिय पुननिर्माण प्राधिकरण भवनले शाखाले गुनासोमा छुटाएका लाभग्राहीलाई स्वाबलम्बन बिकास केन्द्रले साथ दिएको उल्लेख गरे । केन्द्रले परियोजना अन्र्तगत भुकम्प पुर्नवास,पुननिर्माण प्रकृयामा सहयोग,जिविकोपार्जनमा सुधार,जोखीममा परेका समुदायहरुको वहन क्षमता बढाउने लगाएतको काम गरेको ग्रामीण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका कार्यक्रम सुपरभाइजर साधुराम सापकोटाले बताए ।

Advertisement

प्रतिक्रिया