केन्द्र सरकारको सहयोगमा नुवाकोटको विदुरमा व्यवस्थित बधशालाको निर्माण हुँदै
नुवाकोट वैशाख १६,नुवाकोटको बिदुर नगरपलिका वडा नम्बर ४ सिमचौरमा १ करोड ७३ लाख रुपैयाको लागतमा सोमबार बिदुर बधशाला भवनको शिलान्याश गरिएको छ ।
बिदुर नगरपालिका भित्र स्बच्छ र सफा मासुजन्य पदार्थको बिक्री बितरण गराउने उद्धेश्यले बिदुर बधशाला भबन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । भबनको शिलान्याश गर्नुहुदै नगरपालिकाका मेयर सञ्जु पण्डितले आमजनताले उपभोग गर्ने मासुजन्य पदार्थलाई ब्यबस्थित ढंगबाट प्रशोधन गर्न बधशाला भबनले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
भबन शिलान्यास कार्यक्रममा नगरपालिकाका उपमेयर गीता दाहालले स्वस्थ्य मासु उत्पादन र पशुको वध गर्दा निस्किएको फोहोरमैलालाई ब्यबस्थापन गर्न बधशाला भवन निर्माण कार्य सुरु गर्न लागिएको बताउनुभएको छ । उहाँले नगर बिकासको पहिलो खुड्किलो नै स्वास्थ्य, सरसफाई र शिक्षा श्रेत्रको बिकास रहेको भन्दै नगरपालिकाले यी क्षेत्रहरुमा बजेटलाई प्राथमिकता दिएको जानकारी गराउनुभएको छ ।
करिब १ रोपनी क्षेत्रफलको सरकारी जग्गामा निर्माण गर्न लागिएको १० कोठे बधशाला भवनको असार मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बिराट रत्न श्रेष्ठ एण्ड बि, वाइर्, एन, ज,े भी कम्पनीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया