केन्द्र सरकारको सहयोगमा नुवाकोटको विदुरमा व्यवस्थित बधशालाको निर्माण हुँदै

विदुर खबर २०७६ वैशाख १६ गते १४:५५

नुवाकोट वैशाख १६,नुवाकोटको बिदुर नगरपलिका वडा नम्बर ४ सिमचौरमा १ करोड ७३ लाख रुपैयाको लागतमा सोमबार बिदुर बधशाला भवनको शिलान्याश गरिएको छ ।

Advertisement

बिदुर नगरपालिका भित्र स्बच्छ र सफा मासुजन्य पदार्थको बिक्री बितरण गराउने उद्धेश्यले बिदुर बधशाला भबन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । भबनको शिलान्याश गर्नुहुदै नगरपालिकाका मेयर सञ्जु पण्डितले आमजनताले उपभोग गर्ने मासुजन्य पदार्थलाई ब्यबस्थित ढंगबाट प्रशोधन गर्न बधशाला भबनले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
भबन शिलान्यास कार्यक्रममा नगरपालिकाका उपमेयर गीता दाहालले स्वस्थ्य मासु उत्पादन र पशुको वध गर्दा निस्किएको फोहोरमैलालाई ब्यबस्थापन गर्न बधशाला भवन निर्माण कार्य सुरु गर्न लागिएको बताउनुभएको छ । उहाँले नगर बिकासको पहिलो खुड्किलो नै स्वास्थ्य, सरसफाई र शिक्षा श्रेत्रको बिकास रहेको भन्दै नगरपालिकाले यी क्षेत्रहरुमा बजेटलाई प्राथमिकता दिएको जानकारी गराउनुभएको छ ।

करिब १ रोपनी क्षेत्रफलको सरकारी जग्गामा निर्माण गर्न लागिएको १० कोठे बधशाला भवनको असार मसान्तसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बिराट रत्न श्रेष्ठ एण्ड बि, वाइर्, एन, ज,े भी कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया