ब्यक्तिवादी प्रबृत्तीको अन्त्य भएमात्र काँग्रेस बलियो हुन्छ : सह–महामन्त्री महत

विदुर खबर २०७६ वैशाख १४ गते १३:१८

नुवाकोट वैशाख १४, नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले हरेक तहमा ब्यक्तिबादी प्रबृत्ती हावी हुँदा जनताको समर्थन हुँदाहुँदै पनि काँग्रेस सफल हुन नसकेको बताउँदै पार्टीलाई पूर्व अवस्थामा फर्काउन सबैले ब्यक्तिवादी प्रबृत्तीबाट आफूलाई अलग राख्नुपर्ने बताएका छन् ।

Advertisement

पार्टीको सबै तहमा रहनेहरु अनुशासनको सीमा भित्र रहेर परिचालित भए काँग्रेस बलियो हुने र बलियो काँग्रेसले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने सह–महामन्त्री महतको भनाई छ । शनिवार नुवाकोटको तादी गाउँपालिका स्थित खरानिटारमा नेपाल महिला संघले आयोजना गरेको शुभकामना आदानप्रदान एवं संगठन सशक्तिकरण संबन्धि अन्तरकृया कार्यक्रममा सह–महामन्त्री महतले बिगतको निर्वाचनमा आफ्नो शक्तिको पहिचान गर्न नसकेकै कारणले काँग्रेसले सफलता प्राप्त गर्न नसकेको बताउँदै असफलताको कारकहरुको पहिचान गरी आगामी निर्वाचनमा पार्टीको गुमेको साख फिर्ता ल्याईछाड्ने दृढता समेत ब्यक्त गरे । कार्यक्रममा काँग्रेस सह–महामन्त्री महतले मुलुकमा कम्युनिष्ट नेतृत्वको सरकारले निषेध र नियन्त्रणको राजनीति सुरु गरेको र निषेध र नियन्त्रणबाट कहिल्यै समृद्धि प्राप्त नहुने बताउँदै मुलुकको समृद्धिका लागि काँग्रेसको नेतृत्व अपरीहार्य रहेको बताए । त्यसक्रममा नेता महतले कम्युनिष्ट सरकारका गलत क्रियाकलापहरु जनतासम्म पु¥याउने र उनीहरुको खिलाफमा शक्ति केन्द्रीत गर्ने काममा क्रियाशिल रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले निर्वाचनको समयमा मात्र परिचालित हुने संगठनले परिणाम नदिने स्पष्ट भईसकेकाले पार्टीका सबै अवयवहरुको प्रभावकारी परिचालनका लागि बिशेष नीति अवलम्वन गरिनुपर्नेमा जोड दिए । काँग्रेसको जनमत कहिल्यै नघटेको चर्चा गर्दे केन्द्रीय सदस्य लामाले कम्युनिष्टहरुको अधिनायकवादी सोच र तानाशाही प्रबृत्तीका बिरुद्धमा सम्पूर्ण पार्टी पंक्ति ऐक्यबद्ध रुपमा परिचालित हुनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, नेपाली काँग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नेपाल महिला संघ नुवाकोटकी अध्यक्ष एवं ३ नम्वर प्रदेश सभा सदस्य कल्पना नेपाली, उपप्रमुख अप्सरा थापा, तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा, तादी गाउँपालिकाकी उपाध्यक्ष ईश्वरी उप्रेती,किस्पाङ गाउँपालिकाकी उपाध्यक्ष मायादेबी न्यौपाने,दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्य, म्यागङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामा, महिला संघ नुवाकोटकी संस्थापक अध्यक्ष रमा उप्रेती, काँग्रेस नेताहरु चोकराज शाक्य, दिनेश खनाल, बिन्दा अर्याल,श्री सापकोटा, बिनोद शाह, अर्जुन न्यौपाने, यादब नेपाल, महिला नेतृहरु गीता अमात्य, हिरा तिवारी, नेपाल ट्रेड युनियन काँग्रसका अध्यक्ष शिव देवकोटा, शिक्षक संघका पूर्व अध्यक्ष रामेश्वर उप्रेती ,तरुण दलका जिल्ला सचिव सुबन गिरी,तरुण नेता राजु कँडेल, नेबिसंघका उत्तम पाठक लगायतका संगठनको बर्तमान अवस्था,भावी रणनीति र समसामयिक राजनिितक बिषयबस्तुहरुका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

Advertisement

प्रतिक्रिया