शिवपुरी गाउँपालिकामा कृषकहरुलाई वोयर जातको बोका वितरण
नुवाकोट वैशाख १०, नुवाकोटको शिवपुरी गाउँपालिकाले गाउँपालिका भित्रका कृषहरुलाई मंगलबार पचास प्रतिशत अनुदानमा वोयर जातको वोका वितरण गरेको छ ।
मंगलबार गाउँपालिकामा एक कार्यक्रम गाउँपालिकाले ६ जनालाई एकएक ओटा वोयर जातका बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेले बताए । वडाको सिफारिस,व्यवसायिक बाख्रा पालन गरेका किसान तथा उन्नत जातका वाख्रा पालन गरेका कृषकहरुलाई छनौट गरि बोका वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वितरण गरेको वोयर जातको बोका ३६ देखि ५४ केजीसम्म रहेको र त्यसको बजार मुल्य ६ लाख रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए । न्यौपानेका अनुसार गाउँपालिकाले स्याम्पलको रुपमा ६ बोका मात्र वितरण गरेको र आगामी दिनमा अन्य कृषकहरुलाई पनि वितरण गरिने बताए । शिवपुरी गाउँपालिकाले पछिल्लो समय कृषकहरुलाई विभिन्न उन्नत विउँ वितरणको साथै कृषकहरुलाई अनुदानमा कृषि औजार समेत वितरण गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया