शिवपुरी गाउँपालिकामा कृषकहरुलाई वोयर जातको बोका वितरण

विदुर खबर २०७६ वैशाख १० गते १५:२८

नुवाकोट वैशाख १०, नुवाकोटको शिवपुरी गाउँपालिकाले गाउँपालिका भित्रका कृषहरुलाई मंगलबार पचास प्रतिशत अनुदानमा वोयर जातको वोका वितरण गरेको छ ।

Advertisement

मंगलबार गाउँपालिकामा एक कार्यक्रम गाउँपालिकाले ६ जनालाई एकएक ओटा वोयर जातका बोका वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान न्यौपानेले बताए । वडाको सिफारिस,व्यवसायिक बाख्रा पालन गरेका किसान तथा उन्नत जातका वाख्रा पालन गरेका कृषकहरुलाई छनौट गरि बोका वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वितरण गरेको वोयर जातको बोका ३६ देखि ५४ केजीसम्म रहेको र त्यसको बजार मुल्य ६ लाख रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए । न्यौपानेका अनुसार गाउँपालिकाले स्याम्पलको रुपमा ६ बोका मात्र वितरण गरेको र आगामी दिनमा अन्य कृषकहरुलाई पनि वितरण गरिने बताए । शिवपुरी गाउँपालिकाले पछिल्लो समय कृषकहरुलाई विभिन्न उन्नत विउँ वितरणको साथै कृषकहरुलाई अनुदानमा कृषि औजार समेत वितरण गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया