मेलमिलापमार्फत एकवर्षमा चारसय भन्दा बढी मुद्धाको किनारा

विदुर खबर २०७६ वैशाख १० गते १:५३
फाईल फोटो

नुवाकोट वैशाख ९, नुवाकोटमा मेलमिलापमार्फत एकवर्षको अविधमा चारसयभन्दा बढी मुद्धा किनारा लगाउन मेलमिलापकर्ताहरु सफल भएका छन ।

Advertisement

प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्लास्तरीय वार्षिक समिक्षा बैठकमा सो जानकारी गराइएको हो । वार्षिक समिक्षा बैठक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले एकवर्षको अवधिमा जिल्लामा ४ सय ३ मुद्धा मेलमिलाप केन्द्रमार्फत समाधान भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले सबैको जितजित अवस्थामा मेलमिलाप केन्द्रले मुद्धा मिलाउने गरेकोमा प्रशंशा व्यक्त गरे । सो कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले हेरक स्थानिय तहमा मेलमिलाप केन्द्रको स्थापनाले न्यायिक समितिको बोझ कम भएको बताए । मेयर पण्डितले कार्यक्रम संचालनको दौरान मेलमिलाप केन्द्र र स्थानिय निकायबिच समन्वयको अभाव भएको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिवप्रसाद बन्जाराले अन्य जिल्लाको तुलनामा नुवाकोटमा मेलमिलापकर्ताहरु धेरै हुनु राम्रो रहेको बताए । उनले समाजमा देखिएका देवानी किसिमका मुद्धाहरु मेलमिलापकर्ताहरुले समाधान गरेर आदलतको काममा सहयोग पुराएको बताए । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गीता दाहालले मनैदेखि लागेमा समाजमा शान्ति स्थापना गर्न सकिने बताइन । उनले मेलमिलापमार्फत समाधान भएको मुद्धाहरुको अभिलेख वडालाई र नगरपालिकालाई दिन आग्रह गरिन । कार्यक्रममा जिल्लामा ८ सय मेलमिलापकर्ता रहेको र तीमध्ये ५सय सूचिकृत रहेको जानकारी गराईको थियो । पछिल्लो मेलमिलाप केन्द्रले नुवाकोटमा रहेको ८८ वट्टै वडामा केन्द्र स्थापना गरि द्धन्द समाधानमा काम गर्दै आएको छ । केन्द्रले जटिल किसिमका मुद्धाहरु समेत किनारा लगाउन सफल भएको सरोकारवालाहरुले बताएका छन । मेलमिलाप केन्द्रले नुवाकोटसहित अन्य ४ जिल्लामा काम गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया