मेलमिलापमार्फत एकवर्षमा चारसय भन्दा बढी मुद्धाको किनारा

नुवाकोट वैशाख ९, नुवाकोटमा मेलमिलापमार्फत एकवर्षको अविधमा चारसयभन्दा बढी मुद्धा किनारा लगाउन मेलमिलापकर्ताहरु सफल भएका छन ।
प्राकृतिक द्धन्द रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको जिल्लास्तरीय वार्षिक समिक्षा बैठकमा सो जानकारी गराइएको हो । वार्षिक समिक्षा बैठक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे प्राकृतिक श्रोत तथा द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले एकवर्षको अवधिमा जिल्लामा ४ सय ३ मुद्धा मेलमिलाप केन्द्रमार्फत समाधान भएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले सबैको जितजित अवस्थामा मेलमिलाप केन्द्रले मुद्धा मिलाउने गरेकोमा प्रशंशा व्यक्त गरे । सो कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले हेरक स्थानिय तहमा मेलमिलाप केन्द्रको स्थापनाले न्यायिक समितिको बोझ कम भएको बताए । मेयर पण्डितले कार्यक्रम संचालनको दौरान मेलमिलाप केन्द्र र स्थानिय निकायबिच समन्वयको अभाव भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला अदालत नुवाकोटका श्रेष्तेदार शिवप्रसाद बन्जाराले अन्य जिल्लाको तुलनामा नुवाकोटमा मेलमिलापकर्ताहरु धेरै हुनु राम्रो रहेको बताए । उनले समाजमा देखिएका देवानी किसिमका मुद्धाहरु मेलमिलापकर्ताहरुले समाधान गरेर आदलतको काममा सहयोग पुराएको बताए । कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गीता दाहालले मनैदेखि लागेमा समाजमा शान्ति स्थापना गर्न सकिने बताइन । उनले मेलमिलापमार्फत समाधान भएको मुद्धाहरुको अभिलेख वडालाई र नगरपालिकालाई दिन आग्रह गरिन । कार्यक्रममा जिल्लामा ८ सय मेलमिलापकर्ता रहेको र तीमध्ये ५सय सूचिकृत रहेको जानकारी गराईको थियो । पछिल्लो मेलमिलाप केन्द्रले नुवाकोटमा रहेको ८८ वट्टै वडामा केन्द्र स्थापना गरि द्धन्द समाधानमा काम गर्दै आएको छ । केन्द्रले जटिल किसिमका मुद्धाहरु समेत किनारा लगाउन सफल भएको सरोकारवालाहरुले बताएका छन । मेलमिलाप केन्द्रले नुवाकोटसहित अन्य ४ जिल्लामा काम गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया