नेकपा नुवाकोटको अध्यक्षमा हिरानाथ खतिवडा

विदुर खबर २०७६ वैशाख १० गते १:४९

नुवाकोट वैशाख १०, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नुवाकोट अध्यक्षमा हिरानाथ खतिवडालाई सिफारिश गरिएको छ ।

Advertisement

आइतबार बसेको नेकपा सचिवालय बैठकले ७७ वटै जिल्लाको पार्टी अध्यक्ष र सचिवको नाम टुङगो लगाएको हो । सचिवालय बैठकले एकतापछिको जिल्ला नेतृत्व गर्दा एमालेको तर्फबाट अध्यक्ष भएको जिल्लामा माओवादीलाई सचिव र माओवादीको अध्यक्ष भएको जिल्लामा एमालेलाई सचिव पद दिने निर्णय गरेको हो । बैठकले पूर्व माओवादीको भागमा ३३ र पूर्व नेकपा एमालेको भागमा ४४ जिल्ला अध्यक्षको भागबण्डा लगाएको छ ।

त्यस्तै नेकपाको सिफारिश अनुसार जिल्ला सचिवको रुपमा नारायणप्रसाद खतिवडालाई सिफारिश गरिएको छ । त्यस्तै रसुवाको नेतृत्व भने पुर्व एमालेको भागमा परेको छ । अध्यक्षमा कन्र्याल तामाङ र सचिवमा इन्द्र गोतामेलाई सिफारिश गरिएको छ । त्यस्तै धादिङको नेतृत्व भुमि त्रिपाठीले गर्नेछन भने सचिवको जिम्मा शालिकराम जमरकट्टेलले पाएका छन । यसअघि नेकपा नुवाकोटमा पुस्प लामीछानेलाई अध्यक्षमा प्रस्ताव गरिएको थियो भने सचिवको जिम्मा वृद्धि प्रधानलाई तोकिएको थियो ।

Advertisement

प्रतिक्रिया